arrow

राप्रपा नेपालले प्रचण्डको विपक्षमा मतदान गर्ने, राप्रपासंगको एकता समाप्त

logo
प्रकाशित २०७३ साउन १९ बुधबार
rpp-nepal.jpg.jpeg
काठमाडौं । राप्रपा नेपालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । मंगलबारको बैठकमा सरकारमा जानुपर्छ भन्ने मत बढी भए पनि बुधबार बिहानको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकमा अधिकांश सदस्यहरूले अहिले सरकारमा जान नहुने धारणा राखेपछि विपक्षमा मतदान गर्ने निर्णय भएको राप्रपा नेपाल संसदीय दलका प्रमुख सचेतक दिलनाथ गिरीले हाम्राकुरालाई जानकारी दिए । 
 
मंगलबारै प्रचण्डले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेटेर र टेलिफोनमा सहयोगका लागि आग्रह गरे पनि रातरहे अग्राख पलाउँछ भनेझैं थापाले पनि देखाएको इच्छामा एकाएक परिवर्तन आएको हो । 
 
यो निर्णयसंगै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपासंग हुने भनिएको पार्टी एकीकरण पनि नहुने पक्का भएको छ । राप्रपाले भने सरकारमा जाने निर्णय गरिसकेको छ । 
 
यसबारे प्रमुख सचेतक गिरीले ‘परिस्थितिले राप्रपासंग तत्काल एकीकरण हुने सम्भावना कम भएको’ बताए । उनले अगाडि भने ‘उहाँहरु हामीसंग मिल्न आउनु हुन्छ भने स्वागत छ, तर हामी मिलौं भनेर तत्काल भन्ने अवस्थामा छैनौं ।’ 
 
राप्रपा नेपालका २५ सिट छन् । योसंगै एमालेसमेत गरी विपक्षी मत पनि लाजमर्दो नभएको तर्क गर्न थालिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ