arrow

प्रधानमन्त्रीको निर्वाचन चाँडै सकिने (कार्य सूचीसहित)

logo
प्रकाशित २०७३ साउन १९ बुधबार
sansad-nirwachan.jpg.jpeg
काठमाडौं । व्यवस्थापिका संसदमा प्रधानमन्त्रीको निर्वाचन हुँदै छ । संसद बैठक समयमा सुरु हुन सकेको छैन । निर्वाचन अघि २ वटा कार्यसूची रहेका छन् । धेरै कार्यसूची नरहेकाले निर्वाचन चाँडै सकिने संसद सचिवालयले जनाएको छ ।
 
पहिलो कार्यसूचीमा संविधानको धारा २९८ को उपधारा ३ र संसद नियमावली २०७३ को नियम ४९ को उपनियम ४ बमोजिम प्रधानमन्त्रीको उम्मेद्वारीको सूचना प्रस्तुत गर्ने कार्यक्रम छ । 
 
दोस्रो कार्यासूचीमा प्रधानमन्त्रीको उम्मेद्वारी निर्णयाथए प्रस्तुत हुने र मतदान हुने छ । प्रधानमन्त्रीका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको एकल उम्मेद्वारी परेको छ । यद्यपि, एमाले सहितका केही दलहरुले दाहालको विपक्षमा मतदान गर्ने छन् । 
 
दाहालको प्रस्तावक  कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा छन् भने, समर्थक माओवादी केन्द्रका सांसद कृष्णबहादुर महरासहित १६ जना छन् । उनीहरुले निर्णयार्थ प्रस्तुत गर्नु अघि प्रस्तावक र समर्थकले आ–आफ्नो धारणा राख्ने छन् ।  
 
दाहाललाई संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसहित १६ दलको समर्थन रहेकाले प्रधानमन्त्रीमा निर्वाचित हुने पक्का छ । प्रधानमन्त्रीमा निर्वाचित हुन संसदमा हाल कायम रहेको संसद संख्या ५९५ मध्ये २९८ मत आवश्यक पर्ने छ । यद्यपि, दाहाललाई १६ दलका ३५८ सांसदको समर्थन छ । 
 
संसदको दोस्रो ठूलो दल एमालेले प्रधानमन्त्रीमा उम्मेदवारी नदिएपछि दाहाल प्रधानमन्त्रीका लागि एक्ला उम्मेदवार रहे । एमालेले रचनात्मक र सिर्जनात्मक रुपमा प्रतिपक्षीको मूमिका निर्वाह गर्ने जनाएको छ । 
 
कति सांसदको साथ ? 
दाहाललाई काँग्रेसका २०७, माओवादी केन्द्रका ८१, सङ्घीय समाजवादीका १५, फोरम (लोकतान्त्रिक)का १४, सद्भावना पार्टीका पाँच, नेकपा (संयुक्त) तीन, थरुहट तराई पार्टी दुई, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) का एक, समाजवादी जनता पार्टी एक, नेपाली जनता दल एक, खुम्बुवान राष्ट्रिय मोर्चा एक, अखण्ड नेपाल पार्टी एक, दलित जनजाति पार्टी एक, जनजागरण पार्टी एक र स्वतन्त्र सांसद एक गरी जम्मा ३५८ सांसद साथमा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ