arrow

बुद्धचित्त जातको पिपल रोपेर बालुवाटार छोडे ओलीले

logo
प्रकाशित २०७३ साउन १९ बुधबार
oli-bahiridai.JPG.jpeg
भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास छोडेका छन् । सरकारी निवास बालुवाटार परिसरमा बाहिरिनु अघि ओलीले परिसरमा बुद्धचित्त जातको पिपल रोपेका थिए । २०७२ असोज २४ गते प्रधानमन्त्री निर्वाचित भएका ओली ५ दिनपछि मात्रै भक्तपुरको बालकोटस्थित निजी निवासबाट बालुवाटार सरेका थिए ।
 
व्यवस्थापिका–संसद् बैठकले नयाँ प्रधानमन्त्री निर्वाचित गर्ने निश्चित भएपछि ओलीले बिहान प्रधानमन्त्री निवास बालुवाटार छोडेका हुन् । 
 
प्रधानमन्त्री ओलीले सरकारी निवास छाड्नुअघि त्यहाँ कार्यरत कर्मचारी तथा सुरक्षाकर्मीसँग भलाकुसारी गरी सहयोगका लागि धन्यवाद समेत दिएको प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । व्यवस्थापिका संसदबाट प्रधानमन्त्री चयनको प्रक्रिया सकेपछि प्रधानमन्त्री ओली बाटलकोट जाने अधिकारीले बताए । 
 
प्रधानमन्त्री ओली भक्तपुरको बालकोटस्थित आफ्नै निवासमा सर्दा स्वतन्त्र युवा अभियानको नेतृत्वमा समर्थकहरुले नयाँबानेश्वरबाट स्वागत गर्दै बालकोट लैजाने तयारी गरेका छन् ।  
 
नयाँबानेश्वरबाट ओली निवास बालकोटसम्म ओलीलाई मोटरसाइकल तथा गाडीले स्कर्टिङ गरेर लैजाने तयारी गरिएको युवा सङ्घका पूर्व अध्यक्ष महेश बस्नेतले बताए । बालकोट चोक र प्रधानमन्त्री ओलीको नीजि निवास अगाडिको चोकमा धिमे बाजासहित उनलाई भव्य स्वागत एवं सम्मान गर्ने कार्यक्रम रहेको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ