arrow

पुष्पकमल दाहाल नेपालको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित (लाइभ)

logo
प्रकाशित २०७३ साउन १९ बुधबार
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेपालको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । व्यवस्थापिका संसदमा भएको प्रधानमन्त्री निर्वाचनमा दाहाल ३ सय ६३ मत प्राप्त गरी विजयी भएका हुन् । 
 
व्यवस्थापिका संसदमा हाल कायम रहेको सांसद संख्या ५ सय ९५ रहेपनि मतदानमा जम्मा ५ सय ७३ मत खसेको सभामुख ओनसरी घर्तीले घोषणा गरिन् । दालको विपक्षमा २ सय १० मत परेको छ । दाहाल संविधान जारी भएपछि दोस्रो कम्युनिष्ट प्रधानमन्त्री तथा दोस्रो पटक प्रधानमन्त्री हुने पहिलो कम्युनिष्ट प्रधानमन्त्री बनेका छन् । दाहाललाई संविधानप्रति असन्ुतष्ट रहेका मेधस केन्द्रीत दलसहित १६ दलको समर्थन छ । 
  • प्रधानमन्त्रीमा निर्वाचित भएपछि दाहाल संसद भवनबाट हात हल्लाउँदै बाहिरिएका छन् । उता, निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली संसद भवनबाट निस्केर निजी निवास बालुवाटार तर्फ लागेका छन् । उनलाई मोटरसाइलल र्यालीले स्वागत गरेको छ ।   16:07:42

  • यस्तै, निवर्तमान उपप्रधानमन्त्री कमल थापाले तीन बुँदे सहमति पहिलेकै सरकारले गरेको कामका आधारमा आएको भन्दै यो ओली सरकारको सफलता भएको बताए ।  16:04:55

  • दाहाल प्रधानमन्त्रीमा निर्वाचित भएपछि पत्रकारसंग संक्षिप्त प्रतिक्रिया दिँदै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले दाहालले आफुले उठाएका सकै मुद्दाहरु कार्यान्वयन गर्ने विश्वास व्यक्त गरे ।  16:02:08

  • नवनिर्वाचित प्रधानमन्त्री दाहाललाई बधाई दिनेहरुको ओइरो लागेको छ ।  15:58:45

  • पुष्पकमल दाहाल नेपालको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित  15:55:56

  • जम्मा मत संख्या ५ सय ७३  दाहालको पक्षमा ३ सय ६३  विपक्षमा २ सय १० मत परेको छ ।  15:40:39

  • मत गणना हुँदै ।  15:34:01

  • प्रचण्डलाई प्रधानमन्त्री चयनको पक्ष र विपक्षमा रहेका सांसदहरुले वर्णानुक्रमअनुसारको आ–आफ्नोमा हस्ताक्षर गर्दै ।  15:27:30

  • सांसद ल्यारक्याल लामा, संजय शाह निलम्बन भएको, राष्ट्रपति, सभामुखले मतदान गर्न नपाउने र कांग्रेस सांसद नरहरी आचार्य भोल हाल्न आउन सकेनन् ।   15:24:08

  • सांसद संख्या ५ सय ९४ । अहिले ५ सय ९१ जनाले मतदान गर्न पाउने छन् ।    15:22:33

  • अर्थमन्त्री विष्णु पौडेल हाँस्दै । ओली भावुक ।  15:20:48

  • कमल थापाले प्रचण्डलाई हाल मिलाउँदै शुुभकामना दिए ।  15:18:30

  • सुनील थापा प्रधानमन्त्रीका उम्मेद्वार पुष्पकमल दाहाललाई फकाउँदै ।  15:17:35

  • प्रचण्डसंग हात मिलाउनेको ताती ।  15:16:32

  • प्रचण्डलाई बधाई आउन सुरु । उनले फोन उठाउँदै हाँस्दै धन्यवाद फर्काए ।  15:16:04

  • सांसदहरु मतदान गर्दै ।  15:11:59

  • प्रधानमन्त्रीका लागि मतदान सुरु  15:09:47

  • दलित जनजाती पार्टीकी यशोदा लामा र स्वतन्त्र सभासद् चन्द्रेश्वर झाले समर्थन गरिसकेपछि सभामुखबाट मतविभाजनका लागि आह्वान ।  15:07:14

  • हामी अल्पसंख्यक समुदायले निकै आशा राखेका छौं दाहालबाट । उत्पीडनमा परेका सबै जनतालाई दाहालले न्याय दिनु हुनेछ भन्ने निवेदन गर्न चाहन्छु ।  14:52:28

  • सांसद लोकमणि ढकाल दाहाललाई समर्थन गर्दै । जनजागरण पार्टी नेपालले दाहाललाई समर्थन गर्नुको कारण विभेद अन्त्यका नारा लगाउने नेताहरुबीचमा उहाँ व्यवहारवादी देखिनु भयो ।  14:50:25

  • अखण्ड नेपाल पार्टी नेपालको पनि संघीय गणतन्त्रबादी पुष्पकमल दाहाललाई समर्थन ।  14:48:02

  • दाहाललाई समर्थन गर्नेहरुले बोल्ने क्रम जारी । गणतन्त्रको स्थापना गर्ने व्यक्तिले सरकार चलाउनु सामान्य हो ।  14:47:19

  • संघीय गठनन्धनसंगको सम्झौताका लागि सलाम छ । बधाइ छ ।  14:41:48

  • नेपाली जनता दलका सांसद हरिचरण शाह समर्थनमा  आफ्नो भनाई राख्दै ।    भावी प्रधानमन्त्रीले हामीमाथि लागेको सबै दागलाई मेटाउने काम गर्नु भएको छ ।  14:40:43

  • प्रचण्ड हरेक समस्या समाधान गर्न सक्षम छन्– सिंह ।  14:40:09

  • प्रधानमन्त्रीको उम्मेद्वारीका समर्थक सांसद प्रेम बहादुर सिंह आफ्नो धारणा राख्दै ।  14:36:19

  • थरुहट लोकतान्त्रिक राष्ट्रिय मोर्चाकी सांसद रुक्मीणि चौधरी समर्थन गर्दै ।    थरुहट थारुवान संघर्ष समितिको ७ बुँदे सहमति कार्यान्वयन हुनु पर्दछ ।   14:35:00

  • राप्रपासहित अन्य दलका समर्थकले आफ्ना धारणा राख्दै ।  14:28:49

  • प्रतिवद्धता पालना गर्दै अघि बढ्नु हुने छ ।  14:07:13

  • मुलुकको समृद्धिका लागि सिमान्तकृत समुदायलाई अघि बढाउनै पर्दछ ।  मधेसमा आगो दन्किरहेका बेला बनेको रक्तरन्जित संविधान सहिल्यै स्वीकार्य हुँदैन । खब केही बाटो बनेको छ । त्यो संशोधन हुनु पर्दछ ।  14:04:53

  • दाहालको उम्मेद्वारीका समर्थक उपेन्द्र यादव आफ्नो भनाई राख्दै छन् ।  14:02:51

  • संक्रमणको परिस्थितिलाई बदल्दै नयाँ उचाईमा लान पुष्पकमल दाहालको आवश्यकता महसुस गरेका हौं ।  13:58:45

  • समर्थक कृष्णबहादुुर महरा बोल्दै छन् ।  13:58:36

  • जनता ठूलो कुरा हो । जनता नै सबै भन्दा माथि हुन्छ ।  13:48:15

  • संविधानको सर्वस्वीकार्यतापछि मात्रै संविधान कार्यान्वयन हुन्छ । अस्ति पनि मैले भनेकै हुँ ।  13:46:48

  • शान्तिपूर्ण पद्दतिकै लागि मेरो पार्टी लडेको हो ।    13:46:10

  • शान्तिपूर्ण ढंगले सत्तापरिवर्तन हुनु प्रजातन्त्रको सुन्दरता हो ।    13:45:17

  • मधेसवादीहरुसंग हामीले सहमति गरेका छौं । जसले संविधानको सर्व स्वीकार्यतालाई सहज बनाउने छ । जसकारण मेरा मित्र प्रचण्डलाई मैले सघाएको हु ।  13:44:42

  • अहिले प्रस्तावक शेरबहादुर देउवा बोल्दै छन् ।  उनले सबैलाई हँसाए ।  13:42:13

  • दाहाल नजिकै आएपछि महरा हाँसे ।  दाहालले आफ्नो वक्तव्य टुंग्याए ।  13:40:43

  • राष्ट्रिय मुद्धाहरुमा म सबै राजनीतिक दलहरुसंग मिलेर काम गर्ने छु । डुबे हामी यो सदनका सबै डुब्ने छौं । उत्रिए सबै उत्रिने छौं । त्यसैले सबै मिलेर जाऔं ।  13:40:10

  • म अन्तसम्म देश र जनताका लागि लडिरहने प्रतिज्ञा गर्छु ।  13:38:22

  • वन पैदावारलाई रिसाइक्लिङ विधिमा लैजान आवश्यक छ । त्यो हामीले गर्न सकौंला ? प्राकृतिक स्रोत साधनको उचित प्रयोग गरी आर्थिक समृद्धि हुन्छ ।  13:30:26

  • देश निर्माणको नयाँ शैली र नयाँ ढाँचा ल्याउँदै छौं ।  13:26:38

  •   प्रधानमन्त्री (ओली) जी –जहाँ जहाँ बजेट छुट्याउनु भएको छ त्यहाँ सबै कार्यक्रम कार्यान्वयन हुने छन् । बजेट नछुट्टिएका ठाउँलाई कसरी लैजाने भन्नेबारे पनि अभ्यास गर्ने छौं । गरेरै छाड्ने छौं । धन्दा नमान्नु होला ।  13:24:19

  • नेपाल चीन सम्बन्धलाई स्थापित गर्ने पात्र भएको नाताले म तपाईले अघि बढाएका काम गर्ने नै छुँ ।  प्रधानमन्त्री जी विलकुल चिन्ता नमान्नु होला । सबै काम अघि बढाइने छ । त्यहाँ कुनै राजनीति हुने छैन ।  13:21:50

  • दाहालले ओलीलाई भने– ‘तपाईले के सोच्नु भएको छ ?’ कसरी विकासका कामहरु गर्नु सोच्नु भएको छ । स्रोत देखाई दिनुस् । मित्र राष्ट्रबाट सहयोग मागेर बनाउनु पर्छ भने त्यसै गर्छुृ । अन्र्तराष्ट्रिय समुदायसंग ऋण मागरे बनाउनु पर्छ भने त्यसै गर्छु । क्रिपया उचित सल्लाह दिनु होला । बुझिने र सरल भाषामा सल्लाह दिनु होला ।    13:19:03

  • केरुङ, काठमाडौं–लुम्बिनी रेल मार्ग के हुन्छ भनेर सोध्नु भएको छ । हामी त्यसलाई महत्वका साथ अघि बढाउँछौं । मैले पहिलो पटक प्रधानमन्त्री हुँदा पहिलो भ्रमण चीनबाटै गरेर रेलमार्गको आवश्यकताको विषय जोडदार रुपमा उठाएको थिएँ ।   13:18:47

  • तपाईको जोडदार साथ चाहिएको छ प्रधानमन्त्री जी । तपाई साथ दिनुस् हामी । फास्ट ट्रयाक र हुलाकी मार्ग जोड तोडका साथ काम गर्छौ ।  13:13:00

  • म सहमतिका लागि तयार छुँ ।  13:05:50

  • १० वर्षे सशस्त्र विद्रोहको सुप्रिम कमाण्डर पनि म हुँ ।  13:04:56

  • उत्पीतका अधिकारका लागि बन्दुक लिएर लडाई गरेको कमाण्डर पनि म हुँ ।  13:04:17

  • संसदमा केही दिन अघि महाभारत प्रवेश भो । अभिमन्यूको प्रवेश भो । यी विषय संसदमा रेकर्ड भइसकेका भएर मैले बोल्न योग्य ठाने ।  13:03:14

  • प्रधानमन्त्रीले भनेका बोलेका र संसदमा भएको बहसबारे धेरै बोल्न चाहन्न । यहाँ निषेधको राजनीति नहोस् । अपमानको राजनीति नहोस् भन्ने मेरो भनाई हो ।  13:01:04

  • मलाई प्रधानमन्त्रीको उम्मेद्वार बनिरहँदा खासै खुसी लागेको छ । मुलुक विभिन्न संकटमा रहेको अवस्थामा म दोस्रो पटक प्रधानमन्त्री बन्न लाग्दै छु ।  12:58:21

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ