arrow

‘मलाई मन परे डाईनामिक छ भन्छन्, मन नपरे अस्थिर छ भन्छन्’

logo
प्रकाशित २०७३ साउन १९ बुधबार
dahal-new-sadan.jpg.jpeg
काठमाडौं । नेपालको ३९औं प्रधानमन्त्रीका लागि एकमात्र उम्मेदवार रहेका नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूलाई मन पर्ने र मन नपर्नेहरूले के कस्तो टिप्पणी गर्छन् भन्ने विषयमा आफूलाई स्पष्ट हेक्का रहेको बताएका छन् । 
 
व्यवस्थापिका संसद्मा प्रधानमन्त्रीको निर्वाचन हुनु अघि आफ्नो धारणा राख्दै दाहालले आफूलाई बजारमा मन पराउनेले गतिशील डाईनामिक रहेको भनेर भन्ने र आलोचना गर्नेहरूले अस्थिर र चञ्चले स्वभावको भनेर आलोचना गर्ने कुरामा आफूलाई राम्रो हेक्का रहेको पनि बताएका हुन् । 
 
उनले आफू गरिब परिवारमा जन्मिएको मान्छे रहेको भन्दै गतिशील र अस्थिर नभएको भए यो स्थितीमा आईपुग्न नै गाह्रो रहेको जिकिर गरे । उनले भने मेरो अस्थिरताले देशलाई बति फाइदा भएको छ यो नेपाली जनताले मुल्याङ्कन गर्दै जानेछन् । तर नेकपा एमालेका साथीहरूलाई भने मेरो अस्थिरताले धेरै फाईदा भएको छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ