arrow

बाँके प्रहरीले सार्वजनिक गर्‍यो ६ महिनाको उपलब्धि : साढे ९ करोड राजश्व सङ्कलन

logo
सौरभ गिरी,
प्रकाशित २०७८ माघ ४ मंगलबार
banke-polics.PNG

नेपालगञ्ज । बाँके प्रहरीले पछिल्लो ६ महिनामा हासिल गरेका उपलब्धिहरू सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेमा आज पत्रकार सम्मेलन गरेर चालू आर्थिक वर्षको ६ महिनामा हासिल गरेका उपलब्धिहरू सार्वजनिक गरेको हो । 

भारतीय प्रहरीको समन्वयमा बाँके प्रहरीले भारतमा समेत लागूऔषधको कारोबार गर्ने कारोबारीहरूलाई ठूलो परिणामको लागूऔषधसहित पक्राउ गरेको जनाएको छ । बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले ६ महिनामा २६५ ग्राम ६१० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको बताए । चरेश ४ किलो ३७५ ग्राम बरामद गरिएको छ । उनले ८८ जना लागूऔषध कारोबारी पक्राउ परेको बताए । ६ महिनामा १३९ जना फरार अभियुक्त पक्राउ परेका छन् । 

४ किलो बढी सुनसहित दुई जना सुन तस्कर यो अवधिमा पक्राउ परेका छन् । सुन भनेर नक्कली धातु बिक्री गर्ने दुई जनालाई पनि बाँके प्रहरीले पक्राउ गरेको छ । एसपी अधिकारीले भन्सार चोरी पैठारीमा २७ जनालाई पक्राउ गरेको बताए । यो अवधिमा ४ करोड ३६ लाख बराबरको सामान बरामद गरिएको छ । २० लाख बराबरका अवैध कुखुरा र माछासहित ७ जनालाई पक्राउ गरी क्वारेनटाइन कार्यालय बुझाइएको छ । 

यस्तै विभिन्न जनावरको छाला, हड्डी र अङ्गसहित १० जना पक्राउ परेका छन् । अवैध हतियारसहित ४ जना, अवैध काठसहित ३ जना र जुुवातास खेल्ने ६१ जनालाई पक्राउ गरी कारबाही गरिएको बाँके प्रहरीले जनाएको छ । चालू आर्थिक वर्षको ६ महिनामा विभिन्न शीर्षकमा ९ करोड ३९ लाख राजश्व सङ्कलन गर्न बाँके प्रहरी सफल भएको छ । जबकि गत वर्ष यही अवधिमा २ करोड ७५ लाख मात्र राजश्व उठेको थियो । 

विभिन्न प्रलोभनमा पारी नेपालबाट भारततर्फ जाँदै गरेका ९२ जना महिला र ३४ जना पुरुषलाई उद्धार गरी अभिभावकको जिम्मा लगाएको एसपी अधिकारीले बताए ।

त्यस्तै बरामद गरिएका ब्राउन सुगर, ठुलो परिमाणमा नाइट्रोभेट टयाबलेट , कोरेक्स लगायतका गरेको लागू औषधलाई सबैको रोहबरमा आगोमा हालेर नष्ट गरिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ