arrow

चेल्सीको उपाधि यात्रामा धक्का, यस्तो छ अहिलेसम्मको अंक तालिका

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ५ बुधबार
chelsea-brighton.JPG

काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबलमा चेल्सीको उपाधि यात्रामा धक्का लागेको छ । गएराति भएको खेलमा ब्राइटन एण्ड होभ आल्बियनसँग १–१ गोलको बराबरी खेलेसँगै चेल्सीको उपाधि यात्रा थप कठिन बनेको हो । 

सिजनको शुरुआत आक्रामक गर्दै उपाधि यात्रामा पकड बनाउँदै आएको चेल्सी पछिल्ला खेलहरुमा लय गुमाउँदै उपाधिबाट टाढा रहँदै गएको छ । २८औं मिनेटमा हाकीम जियेचले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए ।  

तर ६०औं मिनेटमै घरेलु मैदानमा एडम वेवस्टेरले गोल गर्दै खेल बराबरीमा ल्याए । बाँकी समय गोल नहुँदा चेल्सी अंक बाँड्न वाध्य भयो । 

यो खेलपछि चेल्सी २३ खेलबाट ४४ अंकसहित तेस्रो स्थानमा छ । चेल्सी शीर्ष स्थानको म्यानचेष्टर सिटीभन्दा १२ अंकले पछि छ । 

सिटीको २२ खेलमा ५६ अंक छ । दोस्रो स्थानको लिभरपुलको २१ खेलबाट ४५ अंक छ । चौथो वेष्टह्याम युनाइटेडको २२ खेलबाट ३७ अंक छ । पाँचौं स्थानको आर्सनलको २० खेलबाट ३५ अंक छ । 

१८ खेलबाट ३३ अंकसहित टोटनह्याम हट्सपर छैटौं स्थानमा छ । सातौं स्थानको क्रिष्टियानो रोनाल्डो सम्मिलित म्यानचेस्टर युनाइटेडको २० खेलबाट ३२ अंकमात्रै छ । 

वुल्भरह्याम्पटनआठौं, ब्राइटन नवौं, लेस्टर सिटी दशौं, क्रिस्टल प्यालेस ११ औं, साउथह्याम्पटन १२ औं, एस्टन भिल्ला १३ औं, ब्रेन्डफोर्ड १४ औं, लिड्स युनाइटेड १५ औं, एभर्टन १६ औं तथा वाट्फोर्ड १४ अंकसहित १७ औं स्थानमा छ । 

रेलिगेशन क्षेत्रमा रहेको नर्विच सिटीको १३, न्यूकासल युनाइटेडको १२ तथा बर्नलीको ११ अंक छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ