arrow

चीन र इजरेल प्राविधिक द्वन्द्वमा

logo
एजेन्सी,
प्रकाशित २०७८ माघ ५ बुधबार
Israel-china-flag.jpeg

काठमाडौँ। चीन इजरेलको आइटी क्षेत्रको सबैभन्दा ठुलो खरिदकर्ता हो। यसका बाबजुद पनि इजरेलले बारम्बार चिनियाँ प्रविधि बजारमा ठक्कर खाएको छ। एउटा कारण बेइजिङले तेल अभिवको प्राविधिक प्रभुत्वलाई अस्वीकार गरिरहेको छ।

टाइम्स अफ इजरेलको रिपोर्ट अनुसार चीन इजरेली प्रविधि र उत्पादनहरूको लागि ठुलो बजार हो र इजरेल-चीन सम्बन्ध मैत्रीपूर्ण भएता पनि दुई देशहरू प्राविधिक द्वन्द्वमा फसेका छन्। 

इजरेलका छिमेकी अरब देशहरूसँग चीनको व्यापार करिब १६.१ अर्ब डलर रहेको छ । यसैबीच, इरानको सबैभन्दा ठुलो सहयोगी र लगानीकर्ता चीन इजरेलको अस्तित्वका लागि खतरा बनेको छ। सन् २०२१ मा चीनले इरानबाट रेकर्ड मात्रामा कच्चा तेल किनेको थियो । सन् २०१६ यता इरानबाट सबैभन्दा धेरै तेल आयातको यो रेकर्ड हो।

अर्कोतर्फ, इजरेली सरकारले अमेरिकी प्रशासनलाई बेइजिङसँग ठुलो व्यापार सम्झौता गर्नुअघि वाशिङटनको स्वीकृति खोजेको जानकारी दिएको छ।

यसअघि अमेरिकाले तेल अभिवलाई चीनसँग इजरेलको बढ्दो सम्बन्ध तोड्न आग्रह गरेको थियो। चीनले इजरेली प्रविधिमा पनि अर्बौँ डलर लगानी गरेको छ। जसलाई इजरेलले कमर्सियल भनेको छ। तर संयुक्त राज्य अमेरिकाले यसलाई चीनले सैन्य गुप्तचर, स्याटेलाइट कम्युनिकेसन र साइबर सुरक्षामा प्रयोग गर्न सक्ने बताएको छ।

इजरेल भविष्यमा अमेरिकी शक्ति कटौतीको सामना गर्न नयाँ सहयोगीहरू बनाउन इच्छुक छ। दोस्रो विश्वयुद्धपछि समाजवादी सोभियत सङ्घ र संयुक्त राज्य अमेरिकाले विश्वको सर्वशक्तिमान पाउन थाले ।

सोभियत सङ्घको पतनपछि शक्ति सन्तुलन पश्चिमतर्फ सरेको थियो । तर इजरेलले बुझेको छ कि चीन यो लामो समयदेखिको वास्तविकतालाई तोडेर विश्वको सबैभन्दा शक्तिशाली राष्ट्र बन्न खोजिरहेको छ। त्यसैले पश्चिमासँगको उत्कृष्ट सम्बन्धका बाबजुद पनि बेइजिङसँगको सम्बन्ध विकास गर्न जरुरी देखेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ