arrow

मधेस प्रदेश शहिदहरु प्रतिको सच्चा श्रद्धाञ्जली : मुख्यमन्त्री राउत

मासिक २१ हजार भरण पोषण भत्ता उपलब्ध गराउने तयारी

logo
निरञ्जनकुमार साह,
प्रकाशित २०७८ माघ ५ बुधबार
madhesh-pradesh.jpg

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको नामाकरण मधेस प्रदेश आन्दोलनका शहिदहरु प्रतिको सच्चा श्रद्धाञ्जली भएको बताएका छन् । मधेश आन्दोलनको प्रथम शहिद रमेश महतोले सहादत प्राप्त गरेको दिन अर्थात् बलिदानी दिवसको अवसरमा मधेश सरकार मातहतको मधेशी शहिद प्रतिष्ठानले राजविराजमा आयोजना गरेको सम्मान कार्यक्रममा मुख्यमन्त्री राउतले शहिदहरुले देखेको मधेश प्रदेशको सपना एक हद सम्म पूरा भएको बताए।

मुख्यमन्त्री राउतले मधेस आन्दोलनका शहिद परिवार तथा घाइतेहरूको सम्मानमा मधेश सरकार कुनै कमी नराख्ने प्रतिबद्धता व्यक्त गरे। मधेश प्रदेश बनाउन सहयोग गरेका प्रदेश सभा सदस्यहरू प्रति धन्यवाद ज्ञापन गर्दै मुख्यमन्त्री राउतले शहिदहरुको सपना पूरा गराउन आगामी दिन समेत एकबद्ध रहने विश्वास व्यक्त गरे। 

शहिद परिवारमध्ये अधिकांशलाई मधेस सरकारले जागिर उपलब्ध गराई सकेको भन्दै मुख्यमन्त्री राउतले अबको दिनमा मधेस सरकार शहिद परिवार तथा अशक्त घाइतेहरूको लागि मासिक २१ हजार भरण पोषण भत्ता उपलब्ध गराउने तयारी समेत गरेको जानकारी गराए।

मधेश सरकार मधेश आन्दोलनको भावना अनुरूप अघि बढ्दै आएको उल्लेख गर्दै मुख्यमन्त्री राउतले मधेस सरकारले ल्याएको समावेशी समानुपातिक व्यवस्था त्यसकै उपज रहेको जानकारी गराए। 

कार्यक्रममा मधेश आन्दोलनका ५९ जना शहिद परिवार लाई जनही तीन लाख तथा ८८ जना घाइतेहरूलाई अवस्था हेरि २५ हजारदेखि ३ लाख सम्मको चेक एवं सम्मान पत्रले सम्मानित गरिएका हुन् ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्री एवं मधेशी शहिद प्रतिष्ठान अध्यक्ष भरत प्रसाद साहको अध्यक्षता मा भएको उक्त कार्यक्रममा अर्थमन्त्री शैलेन्द्र साह, जसपा मधेश प्रदेशका अध्यक्ष रामबाबु यादव, राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंह यादव, प्रतिनिधि सभा सदस्य चन्द्रकान्त चौधरी , प्रदेश सभा सदस्य मनिष सुमन सहितको वक्ताहरूले मन्तव्य राखेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ