काठमाडौं। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री निर्वाचित हुनु अघि संसदमा मतदान भइरहेको थियो। दाहाललाई मत हाल्ने र नहाल्नेले हात मिलाउँदै बधाई दिइरहेका थिए। राप्रपा सांसद एवं पूर्वमन्त्री सुनील बहादुर थापा दाहाल नजिकै आए। धेरै पटक दाहाललाई कोट्याए। दाहाल आफ्नै धुनमा थिए।दाहाललाई आफ्नो टेलिफोनमा कसैसंग कुराकानी गराउन खुब खटिए सुनील।
उनले अन्ततः फोन लगाएर छाडे र दाहाललाई आफ्नो फोनमा कुरा गर्न लगाए । को संग कुरा गराए भन्ने उत्सुक धेरैलाई भयो । गोप्य भएको भए उनले त्यत्रो भीडमा दाहाललाई आफ्नै टेलिफोनमा कुरा गर्न नलगाउनु पर्ने भन्दै केहीले तर्क गरे।
तर, दाहाल मुस्कुराउँदै फोनमा बोल्दै जाँदा भारतको बधाई आयो भन्नेहरु पनि रहे। सुनीलले मेहनतका साथ कुरा गराएको आफ्नै अध्यक्ष पशुपति शमशेर राणासंग थियो।
उनले हाम्रा कुरासंग भने, ‘अध्यक्षले जसरी पनि कुरा गर्ने भनेपछि मैले कुरा गराएको हुँ। उहाँ संसदको मेम्बर हुनुहुन्न घरबाट कुरा नगरी भएन भन्नु भो त्यसैले ।’ किन महत्वपूर्ण मन्त्रालयका लागि की ? जवाफमा उनले भने, ‘पहिलो कुरा प्रचण्डजी बाट पत्र आउनै बाँकी छ। आएपछि पार्टीले छलफल गर्छ । हामीलाई कुन् मन्त्रालय दिने र चाहिने त्यसपछि मात्रै कुरा हुन्छ ।’ मन्त्रीको लविङ अहिलेबाटै गरेको भने होइन।