काठमाडौं। पछिल्लो समय नेपाली राजनीतिका हरेक गतिविधि भारतीय संञ्चार माध्यमका लागि चासोको विषय बन्ने गरेको छ। पछिल्लो पटक प्रधानमन्त्री के.पी ओलीको राजीनामाको विषयले पनि भारतीय संञ्चार माध्यममा राम्रै स्थान पायो।
बुधवार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नयाँ प्रधानमन्त्रीका रूपमा चुँनिदा पनि भारतीय मिडियाका अनलाइन संस्करणले प्राथमिकतासाथ समाचार प्रकाशित गरेका छन्।
आखिरमा के लेखे प्रचण्ड प्रधानमन्त्री बनेपछि भारतीय संञ्चार माध्यमले?
प्रचण्ड प्रधानमन्त्री पदमा निर्वाचित भएपछि भारतीय अनलाईन संस्करण द टाइम्स अफ इन्डियाले “माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री पदमा निर्वाचित” शिर्षकमा समाचार लेखेको छ। समाचारमा एक दशक द्वन्द्वकालको नेतृत्व गरेका प्रचण्ड पुन प्रधानमन्त्री पदमा निर्वाचित भन्ने कुरा उल्लेख छ। समाचारमा प्रचण्डको उग्र स्वभावबारे पनि थोरै चर्चा गरिएको छ।
अर्को अनलान संस्करण हिन्दुस्तान टाइम्स ले पनि “प्रचण्ड नेपालको प्रधानमन्त्री पदमा निर्वाचित” शिर्षकमा समाचार लेखेको छ। समाचारमा प्रचण्ड निर्वाचित भएको कुरा र उनको राजनीति पृष्ठभुमिलाई पनि उल्लेख गरिएको छ।
द इन्डियन एक्प्रेसले पनि प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएको कुरालाई विशेष स्थान दिएको छ। उसले “प्रचण्ड नेपालको नयाँ प्रधानमन्त्रीमा निर्वाचित” शिर्षकमा समाचार लेखेको छ।