arrow

सर्वोच्चले एक वर्षभित्र ५० प्रतिशत मुद्दा फछ्र्योट गर्ने

logo
प्रकाशित २०७३ साउन १९ बुधबार
Supreme-Court4.jpg.jpeg
काठमाडौँ। सर्वोच्च अदालतले वार्षिक कार्ययोजना तय गरेर वर्ष दिनभित्र ५० प्रतिशत मुद्दा फछ्र्योट गर्ने लक्ष्य निर्धारण गरेको छ । 
 
प्रधानन्यायाधीश सुशीला कार्कीको अध्यक्षतामा आज पहिलो पटक बसेको पूर्ण बैठकले वार्षिक कार्ययोजनाभित्र ५० प्रतिशत मुद्दा फछ्र्योट गर्ने लक्ष्य तोकेको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए । 
 
यसअघि सर्वोच्च अदालतमा नौ जना न्यायाधीश मात्र थिए । नवनियुक्त ११ न्यायाधीश थपिएपछि १९ न्यायाधीशको पूर्ण बैठक पहिलो पटक बसेको हो । 
 
सहप्रवक्ता पौडेलका अनुसार न्यायाधीशको सङ्ख्या वृद्धिसँगै मुद्दा फछ्र्योट पनि छिटो गर्ने विषयमा बैठकमा छलफल भयो । कानुनी क्षेत्रमा भइरहेका समसामयिक विषयमा समेत बैठकमा छलफल भएको थियो । 
 
सर्वोच्चमा करिब २२ हजार मुद्दा विचाराधीन छन् । वार्षिक योजनामा ५० प्रतिशत मुद्दा फछ्र्योट गर्न सकिए ११ हजार मुद्दा मात्र बाँकी रहन्छ । सर्वोच्चमा न्यायाधीशको कमीका कारण पर्याप्त मात्रामा मुद्दाको सुनुवाइ हुन सकेको छैन । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ