- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। छोटो समयमा नै देशभर इन्टरनेट विस्तारमा अग्रसर भइरहेको डिसहोमले सस्तो मूल्यमा उच्च गतिको इन्टरनेट प्रदान गर्दै आइरहेको कम्पनीले जनाएको छ। यसै क्रममा कम्पनीले मासिक ८९९ रुपैयाँमा १०० एमबीपीएस इन्टरनेट उपलब्ध गराएको छ। डिशहोमले विगत केही समयदेखि विभिन्न योजनाहरू मार्फत बजारमा आक्रामक उपस्थिति जनाइरहेको छ।
यस अफर अन्तर्गत ८९९ रुपैयाँमा १ महिना, २ हजार ६९७ रुपैयाँमा ३ महिना, ५ हजार ३९४ ६ महिना र १० हजार ७८८ रुपैयाँमा १२ महिना अवधिको डिसहोम फाइबरनेट पाइने छ।
यसमा ५ गिगाहर्जको डुअल ब्याण्ड राउटर पनि उपलब्ध हुनेछ। इन्टरनेट जडानका लागि नजिकको डिशहोम डिलर दाई लाई सम्पर्क गर्न सकिने वा पैसा नलाग्ने टल फ्री नम्बरमा पनि सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।