arrow

कांग्रेस बाढी पीडितका घर–घरमा पुगेर राहत बाँड्दै

logo
मणि प्रसाद गैह्रे।
प्रकाशित २०७३ साउन १९ बुधबार
congress-flag.jpg.jpeg.jpeg
कपिलवस्तु  । साउन १० र ११ गते आएको  भिषण बाढीका कारण पिडित बनेका  स्थानीयको  घर दौलोमा पुगेर नेपाली कांग्रेसले राहत वितरण गरिरहेको छ । 
 
जिल्ला कार्य समिति, क्षेत्रीय समिति तथा नगर र गाविस समितिहरुले विभिन्न स्थानहरुमा खाद्यान्न र लत्ताकपडा वितरण गरेका छन् । भृकुटी नगरपालिका–१ बनकट्टिका ८५ घरपरिवारलाई नेपाली कांगे्रस भृकुटी नगर समितिले एक कार्यक्रमकाबीच राहत वितरण गरेको छ ।
 
प्रति परिवारलाई १० किलो चामल, १ किलो दाल, १ केजी नुन, १ लिटर तेल, १ केजी प्याज तथा अन्य सामाग्री वितरण गरिएको छ । सो राहत वितरण कार्यक्रममा नेपाली कांग्रेस भृकुटी नगर सभापति माधव दमासे, नगर सचिव कमल अधिकारी, कोषाध्यक्ष रजत राज आचार्य, नेपाल महिला संघ जिल्ला सभापति मीना केसी, जिल्ला सदस्य राजेन्द्र राज आचार्य, कपिलवदेव तिवारी, महाधिवेशन प्रतिनिधि जवाहरलाल चौधरी, क्षेत्रीय प्रतिनिधि रामलाल खनाल, रेशमराज अधिकारी, वडा सभापति खिम बहादुर बस्नेत, नारायण प्रसाद खनाल, रामप्रसाद अधिकारी, दामोदर खनाल लगायतको सहभागिता रहेको थियो । 
 
त्यस्तै नेपाली कांग्रेस वाणगंगा–१५ को वडा कार्य समितिले मोर्मिका ४० घर परिवारलाई राहत वितरण गरेको छ । पार्टीका जिल्ला सदस्य रविराज आचार्य, क्षेत्रीय सदस्य पे्रम नारायण पौडेल, नगर सदस्य कमल कृष्ण शर्मा भट्टराई नेपाली कांग्रेस  मोतिपूरका पूर्व उपसभापति अमर बहादुर बस्नेत, पार्टी क्रियाशिल सदस्य सावित्रा पोखे्रल, किशोर कहांर, भिमलाल न्यौपाने, दाम बहादुर क्षेत्री तथा पार्टीका नेता कार्यकर्ताको उपस्थितिमा राहत प्रदान गरिएको हो ।
 
त्यस्तै  नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं १ ले भृकुटी नगरपालिकाका विभिन्न स्थानहरुमा बाढी प्रभावितहरुलाई राहत वितरण गरिएको क्षेत्रीय सभापति केशव कुमार श्रेष्ठले बताए । उता जिल्ला कार्य समितिले हर्दौना र कजरहवा गाविसका बाढी प्रभावित ५० घरधुरीलाई राहत वितरण गरेको छ । कांगे्रस कार्यबाहक सभापति अब्दुल कलाम खाँ, महाधिवेशन प्रतिनिधि हुमकान्त खनाल, तिलक बस्नेत क्षेत्र नं १ का सभापति केशव कुमार श्रेष्ठ लगायतको सहभागितामा राहत वितरण गरिएको हो । 
 
त्यस्तै क्षेत्र नं २ मा समेत बाढी प्रभावित जनतालाई राहत वितरण गरिएको छ । सौराहा र सिहोखोर गाविसमा राहत वितरण भएको छ । पूर्व पार्टी सभापति सुधाकर पाण्डेय, महाधिवेशन प्रतिनिधि रउफ अहमद खाँ क्षेत्रीय सभापति गिरिजेश पाण्डेय र सचिव देवेन्द्र कुमार पाण्डेको सहभागिता थियो । 
 
यसअघि पार्टी सभापति एवं सासंद सुरेन्द्रराज आर्चायले बाढी प्रभावित स्थानहरुमा पुगेर तत्काल राहत दिनको लागि कार्यकर्ता परिचालन गर्ने निर्णय गरेका थिए । सोही अनुसार जिल्लाका बाढी  प्रभावित सवै स्थानहरुमा राहत वितरण गरिएको सांसद आर्चायले बताए । आगामी दिनमा समेत प्रभावितहरुको लागि समस्या बुझेर थप सहयोग गर्नको लागि सरकारसँग माग गरी कार्यान्यन गर्ने बताएका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ