arrow

बाजुराको स्थानिय संरचना बनाउने बिषयमा राजनीतिक विवाद

logo
प्रेम रौले ।
प्रकाशित २०७३ साउन २० बिहिबार
Bajura-hamrakura.jpg.jpeg.jpeg
बाजुरा । स्थानिय संरचना र गाउँपालिका बनाउनका लागि देशभर छलफल भइरहेको छ । स्थानिय पुर्नसंरचना कस्तो बनाउने भन्दा पनि बाजुरामा भने राजनीति हावी भएको छ। स्थानिय स्तरमा गाउँपालिका बनाउनका लागि २४ गाविस र १ नगरपालिकामा पुर्नसंरचनाका विषयमा छलफल हुदै आएको जिल्ला विकास समिति बाजुराले जनाएको छ। जिल्लामा रहेको क्रियाशिल राजनितिक दलहरुले गाउँपालिका बनाउँदा आफु अनुकुल बनाउनका लागि गाउँस्तरका कार्यकर्ताहरुलाइ जिल्ला तहका नेताहरुले निर्देशन दिने गरेको कार्यकर्ताहरुले बताएका छन्। भौगालिक विकटता आधारमा उत्तरी  क्षेत्रका ११ गाविसलाइ ३ वटा गाउँपालिका बनाउने र दक्षिणी क्षेत्रका ११ गाविसलाइ एकिकृत गरी ३ गाउँपालिका र बडिमालिका नगरपालिका र वीच क्षेत्रका २ गाविसलाई नगरपालिकामा ल्याउने खाका तयारी भएको छ। 
 
संघिय संरचना र विकासका विषयमा बहस भन्दा पनि सदरमुकाम मार्तडीमा चोक चोकमा राजनितिक बहस हुन थालेको छ। जिल्लामा ठुला दल मध्ये नेपाली काँग्रेस नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरुको एक आपसमा गाउँपालिका बनाउने भन्दा पनि राजनीतिक हावी कसरी गर्ने भन्ने विषयमा दोहोरी चल्न थालेको स्थानियले बताएका छन्। 
 
गाउँपालिकाको संरचना भन्दा राजनितिक स्वार्थको बहस हुन थालेको छ। जिल्लामा ३ देखि ७ सम्म गाउपालिका वा नगरकार्यपालिका बनाउने नीति अनुसार बहस सुरु भएको नेपाली काँग्रेसका जिल्ला सचिव दिपक शाहले बताए। अहिलेको संरचना अनुसार पहिलेको संरचना भन्दा फरक हुने भएकाले यसलाइ राजनितिक स्वार्थ भन्दा पनि जनताका कुरालाइ मध्येनजर गर्नु आवश्यक रहेको उनले बताए। सिमाकंन र नामाकंनका विषयमा भने सदरमुकामका होटल र चोकहरुमा बहस हुन थालेको छ। 
गाउँपालिका हुनका लागि १५ हजार भन्दा बढी जनसंख्या हुनुपर्ने प्रावधान छ। गाउँपालिका बनाउका लागि प्रत्येक वडाहरुमा ३ हजार जनसंख्या अनिवार्य हुनुपर्ने उल्लेख गरिएको जिल्ला विकास समिति बाजुराका योजना तथा प्रशासकिय अधिकृत प्रेम बहादुर सिंहले बताए। गाउँपालिका संरचना बनेपछि एक गाउँपालिकाले ९ वडा बनाउनु पर्ने सिंहले भने। पुर्नसंरचना प्राविधिक समितिले जिल्लामा राय सुझाव संकलन गर्दै आएको सिंहको भनाइ छ । 
 
गाउँपालिका बनाउनका लागि तयार गरिएको सम्भावित नमुना अनुसरा उत्तरी भेगका विच्छ्या, रुगिन, बाँधु, जुकोट र वाइ गाविसलाइ स्वामीकार्तिक गाउँपालिका, गोत्री, जगन्नाथ, साप्पाटालाइ कर्णाली गाउँपालिका यसैगरी कोल्टी, कोटिला र पाण्डुसैनलाइ बुढीनन्दा गाउँपालिका बनाउने प्रस्ताव गरिएको छ। यस्तै तोली, छतारा, कैलाशमाण्डौलाइ नाटेश्वरी गाउँपालिका, ब्रह्मतोला, बाह्विस, कुल्देवमाण्डौलाइ बुढीगंगा गाउँपालिका, त्यसैगरी काँडा, जयवागेश्वरी, डोगडी, गुदुखाती, आटिचौरलाई खप्तड गाउपालिका बनाउने योजना सार्वजनिक गरिएको छ। बडिमालिका नगरपालिका, दहकोट र मानाकोट गाविसलाइ नगरपालिकामा गासिने जिल्ला प्राविधिक कार्यालय बाजुराका इन्जिनियर जंग बहादुर थापाले बताए। 
 
राय सुझाव संकलनका क्रममा बुढीगंगा गाउँपालिकालाइ ऐतिहासिक रुपमा रहेको बाइसे चौविसे राज्य गरेको बार्जुको नाम राख्न सहभागीहरुले सुझाव दिएका छन्। सुझावमा गाउँपालिका बनाउनका लागि राजनितिक दलहरुले सिमांकनमा विवाद गँर्न थालेका छन्। 
 
गाउँपालिका बनाउनका लागि विशेषत नेपाली काँग्रेस र नेकपा एमाले विचको प्रतिस्पर्धा देखिन थालेको हो। नेकपा माओबादी केन्द्र भने नेपाली काँग्रेसलाई सहयोग गर्ने स्रोतले जनाएको छ। अन्य साना दलहरुले भने आफ्नो कुनै वर्चश्व नभएकाले गाउँपालिकाको संरचनामा कुनै चासो नदेखाएको राप्रपा नेपालका कान्तबहादुर शाहीले बताए। गाउँपालिकाका लागि भने दहकोट र मानाकोट गाविसले छुट्टै हुनुपर्ने माग गरेका छन्। पुनसंरचनाको विधान अनुसार जनसंख्या कम भएकाले छुट्टै गाउपालिका हुन नसक्ने प्रेम बहादुर सिंहले बताए। 
 
संघिययता पुनसंरचनाका विषयमा गाउँ विकास समितिहरुमा राय सुझाव संकलन हुने गरेको भए पनि राजनीतिक भागबण्डा नमिल्दा स्थगित भएका छन्। राजनीतिक दलहरुको कारणले गर्दा पुनसंरचनामा विवाद हुन थालेको हो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ