arrow

लागूऔषध र पैसासहित तीन जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १० सोमबार
banke-polices.PNG

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा नेपालगन्जबाट लागूऔषध र पैसासहित तीन जनालाई पक्राउ गरेको छ। 

नेपालगन्ज १७ स्थित चौलिका चोकदेखि पश्चिम तर्फबाट ३० ग्राम लागूऔषध ब्राउन सुगरसहित १ लाख ८० हजार ९ सय रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ।

आज दिउँसो साढे १ बजे सीमा प्रहरी कार्यालय जयसपुरका प्रमुख प्रहरी नायब निरीक्षक राजकुमार सिंहको कमान्डसहित रहेको लागूऔषध ब्युरो र जिल्ला प्रहरी बाँकेबाट प्रहरी सहायक निरीक्षक विवेक अधिकारीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी बाँकेका अनुसार पक्राउ पर्नेमा ४५ वर्षीय मुन्नी जोलाह, ३५ वर्षीय जरिया अन्सारी र ३९ वर्षीय कल्लु जोलाह रहेका छन् । लुकिछिपी नेपालगन्जतर्फ आउँदै गरेका तीन जनालाई प्रहरीको टोलीले नेपालगन्ज १७ चौलिका चोकदेखि पश्चिम तर्फ रहेको थुकैला गाउँबाट लागूऔषध ब्राउन सुगर र पैसा ल्याउँदै गरेको अवस्थामा पक्राउ गरेको हो।

विशेष सूचनाका आधारमा गएको टोलीले शङ्कास्पद तरिकाले नेपालगन्ज आउँदै गरेका उनीहरूलाई चेकजाँचका क्रममा रङ्गे हात ३० ग्राम ब्राउन सुगरसहित १ लाख ८० हजार ९ सय रुपैयाँ बरामद गरेको हो।

पक्राउ परेका मुन्नी, जरिया र कल्लुलाई हिरासतमा राखी लागूऔषध कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । १५ दिन अघि मात्र सीमा प्रहरी कार्यालय जयसपुरको कमान्ड सम्हालेका प्रहरी नायब निरीक्षक सिंहले तस्करी र लागूऔषध कारोबारी विरुद्ध धावा बोल्दै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ