रियो । ब्राजिलको रियो दि जेनेरियोमा फुटबलका खेल सुरु भएका छन् । महिला फुटबलमा आयोजक ब्राजिलले विजयी सुरुवात गरेको छ ।
समुह इ अन्तर्गत बुधबार राति भएको खेलमा ब्राजिलले चीनलाई ३–० ले हरायो ।
यही समूहको पहिलो खेलमा स्वीडेनले दक्षिण अफ्रिकालाई १–० ले पराजित गर्यो ।
समुह एफका खेलमा क्यानाडाले अष्ट्रेलियालाई २–० ले तथा जर्मनीले जिम्बाबेलाई ६–१ को फराकिलो अन्तरले पराजित गर्यो ।
यसैगरी समुह जी को खेलमा अमेरिकाले न्युजिल्याण्डलाई २–० ले तथा फ्रान्सले कोलम्बियालाई पराजित ग¥यो ।
ओलम्पिक गेम्समा पुरुषतर्फका फुटबल खेलहरु भने बिहीबारबाट हुँदैछन् । राति पौने १० बजे ईराक र डेनमार्क तथा पौने १ बजे ब्राजिल र दक्षिण अफ्रिकाको २३ वर्ष मुनीको टिम खेल्नेछन् ।