किङ्सटन । दुई दिनमा पनि वेष्ट इन्डिजलाई अलआउट गर्न नसकेपछि भारत दोस्रो टेष्ट क्रिकेटमा फराकिलो जितबाट टाढिएर बराबरीमै चित्त बुझाउन पुगेको छ । पाँचौं दिन ४ विकेटको क्षतिमा ४८ रनबाट अगाडि खेलेको वेष्ट इन्डिजले शानदार प्रदर्शन गर्दै दिनको समाप्तिसम्म ६ विकेटको क्षतिमा ३८८ रन बनाएपछि भारत हेरेको हे¥यै भएको हो ।
शानदार ब्याटिङ्ग गर्ने क्रममा म्यान अफ द म्याच रोस्टन चेजले अविजित रहँदै १३७ रन जोडे । त्यस्तै शेन डोरिचले ७४ तथा जासन होल्डरले अविजित ६४ रन बनाए ।
यसअघि पहिलो इनिङमा १९६ रनमा रोकेर भारतले ९ विकेटको क्षतिमा ५०० रन बनाएर इनिङ समाप्ति गरेको थियो ।
यसअघि पहिलो खेल जितेको भारतलाई यो खेलमा अझ फराकिलो जित हासिल गर्ने सपनामाथि भने झड्का लागेको छ ।