arrow

दुई सय ८८ रुपैयाँमै अनलाइन कक्षाका लागि डिशहोमको इन्टरनेट 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ११ मंगलबार
272366082_449923303506703_7990964506116357410_n.jpg

काठमाडौं । नेपालमा कोभिड–१९ को तेस्रो लहर शुरु भएसँगै यतिबेला विद्यालय, कलेजहरु बन्द छन् । विद्यार्थीलाई यस्तो अवस्थामा सिकाइ नरोकियोस् भन्ने उद्देश्यले इन्टरनेट सेवा प्रदायक कम्पनी डिशहोम फाइबरनेटले ‘स्टुडेन्ट अनलाइन क्लास’ प्याकेज सार्वजनिक गरेको छ । 
स्टुडेन्ट अनलाइन क्लास प्याकेज अन्तर्गत एउटा विद्यार्थीका लागि मासिक २८८ रूपैयाँ, २ जना विद्यार्थीका लागि मासिक ४८८ रूपैयाँ र ३ जना विद्यार्थीका लागि मासिक ५८८ रूपैयाँमा इन्टरनेट प्रयोग गर्न सकिने डिशहोमले जनाएको छ ।  

यो प्याकेजमा विद्यार्थीलाई अनलाइन क्लासका लागि आवश्यक पर्ने जुम, गूगल मिट, माइक्रोसफ्ट टिम्स लगायतका सफ्टवेयर चलाउन चाहिने आवश्यक ब्याण्ड विथ उपलब्ध गराइने छ ।
  
अनलाइन कक्षाका लागि एक जना विद्यार्थीलाई १० एमबीपीएस, २ जना विद्यार्थीलाई १५ एमबीपीएस र ३ जना विद्यार्थीलाई २० एमबीपीएस इन्टरनेट उपलब्ध हुने डिशहोमले जनाएको छ । 

यसबारे थप जानकारीका लागि डिशहोमको हटलाइन नम्बर ९८०१५४४००० वा नजिककको ‘डिशहोम डिलर दाइ’ कहाँ सम्पर्क गर्न सकिने पनि बताइएको छ ।



नयाँ