काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा काँग्रेसबाट कसलाई पठाउने भन्ने सकस भइरहँदा दावेदारमध्येका एक कृष्णप्रसाद सिटौलाले भने आफू सरकारमा काँग्रेसको नेतृत्व गरेर जाने होडमा नरहेको बताएका छन् ।
उनले पार्टी सभापति शेरबहादुर देउवालाई आफूलाई जो सरकारको नेतृत्व गरेर गए पनि फरक नपर्ने र आफू त्यो होडमा नरहेको भन्दै सदस्य मिलाएर सरकारमा पठाउन पनि आग्रह गरेका छन् ।
उनले आफ्नो खेमाबाट भने केहीको नाम पठाउने बताएका छन् । अहिले उनको निवासमा पनि आफ्ना प्रतिनिधि पठाउनेबारे छलफल चलिरहेको छ ।
अहिलेसम्म विमलेन्द्र निधीकै नेतृत्वमा काँग्रेस सरकारमा जाने बुझिएको छ ।
यतिबेला पार्टी सभापति शेरबहादुर देउवा, कृष्ण सिटौला र रामचन्द्र पौडेलका निवासमा छुट्टछुट्टै छलफल चलिरहेको छ ।