arrow

पाकिस्तानबाट तस्करी गरी ल्याइएको विस्फोटक पदार्थ दिल्लीमा बरामद

logo
एजेन्सी,
प्रकाशित २०७८ माघ १२ बुधबार
IDE-bomb-smuggled-pakistan.jpeg

नयाँ दिल्ली। पूर्वी दिल्लीको गाजीपुर क्षेत्रमा प्रहरीले विस्फोटक पदार्थ बरामद गरेको छ। उक्त विस्फोटक पदार्थ पाकिस्तानबाट भारतमा ल्याइएको विस्फोटक पदार्थकै एक भाग भएको गुप्तचर एजेन्सीहरूले जनाएका छन्।

हामीले पत्ता लगायौँ कि गाजीपुरमा टेपले बेरिएको आईईडी भएको झोलामा स्लीपर सेलले राखेको थियो। बरामद गरिएको विस्फोटक पदार्थमा करिब १.५ किलोग्राम तौल थियो, जसमा आरडीएक्स र अमोनियम नाइट्रेट दुवै थियो र उच्च तीव्रताको विस्फोट गराउन सक्ने सम्भावना थियो। त्यस्ता बमहरू स्लीपर सेलहरूको नेटवर्क मार्फत मतदान केन्द्रित राज्यहरूमा पुगेका छन् भन्ने अपेक्षा गरिएको छ, एएनआईलाई एक वरिष्ठ अधिकारीले भने।

उनले पन्जाब पुलिसले हालैका महिनाहरूमा गरेको विस्फोटक पदार्थको बरामद हिमशैलीको टुप्पो मात्र हो। यस मामिलामा विस्तृत रिपोर्टको लागि गुप्तचर एजेन्सीहरूले दिल्ली पुलिस र राष्ट्रिय सुरक्षा गार्डसँग (एनएसजी) समन्वय गरेको छ। एनएसजीले सोमबार दिल्ली पुलिससँग आफ्नो रिपोर्ट साझा गरेको थियो।

केही महिनायता सीमा क्षेत्रमा ड्रोनको गतिविधि बढेको उनले बताएका छन्। धेरै पटक ड्रोनले विस्फोटक पदार्थ विशेष गरी टिफिन बम खसालेको पत्ता लागेको र निर्वाचनअघि आतङ्कवादी गतिविधिमा प्रयोग गर्न उक्त विस्फोटक पदार्थ दिल्ली भित्र्याइएको हुनसक्ने अनुमान गरिएको छ। 

लुधियाना विस्फोटमा प्रयोग गरिएको र हाल दिल्लीको गाजीपुरमा बरामद गरिएको विस्फोट पदार्थक एकैनासको भएको पाइएको छ। यो पाकिस्तानबाट पठाइएको खेपको भाग हो जुन स्लीपर सेलको च्यानल मार्फत दिल्ली पुर्‍याएको अनुसन्धानबाट खुलेको छ। गुप्तचर एजेन्सीहरूले सिन्डिकेटमा संलग्न संदिग्धहरूलाई ट्र्याक गरिरहेका छन्। 

कश्मीरमा सक्रिय अल कायदा सम्बद्ध आतङ्कवादी समूह मुजाहिद्दीन गजवत उल हिन्दको नामको टेलिग्राम च्यानलले इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस (आईईडी) गाँडकोजिम्मेवारी लिएपछि गुप्तचर र सुरक्षा एजेन्सीहरूले अनुसन्धान त्यसतर्फ मोडेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ