arrow

यसरी हुँदैछ मन्त्रालयको बाँडफाँड

logo
प्रकाशित २०७३ साउन २० बिहिबार
singhadarwar.jpeg.jpeg
काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच नव निर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सपथ खाएकै दिन सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी भएको छ । मन्त्रालयको भागबन्डा टुंगिए पनि मन्त्री छान्न पार्टी्भित्रको आन्तरिक गृहकार्य नभएको कारण जनाउँदै सानो आकारको बनाउने तयारी गरिएको हो ।
 
कांग्रेसले पार्टीका तर्फबाट विमलेन्द्र निधीको नेतृत्वमा तीन सदस्य पठाउने तयारी गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले पहिलो चरणमा नेतृत्वसहित तीन जनालाई सरकारमा पठाउन लागेको आफू निकट नेतालाई जानकारी गराएका छन् । निधीबाहेकको नामका लागि काँग्रेस गहन छलफलमा छ । तीन छुट्टाछुट्टै टिम बनाएर नेताहरु नाम खोज्दैछन् । 
 
माओवादी केन्द्रको बिहीबार बिहानको हेडक्वार्टर बैठकले आफ्नो पार्टीबाट मन्त्रीमा जानेहरूको नाम छनोट गर्दैछ । पहिलो चरणमा माओवादीबाट मन्त्री हुनेमा कृष्णबहादुर महरा, जनार्दन शर्मा, राम कार्की, हितराज पाण्डे, प्रभु साहलगायतको नाम चर्चामा छ । 
 
मन्त्रालय भागबन्डा
कांग्रेसले १३ र माओवादीले ९ मन्त्रालय लिने गरी भागबन्डा मिलाएका छन् । कांग्रेस र माओवादीबीच निवर्तमान प्रधानमन्त्री केपी ओलीले भागबण्डा मिलाउन फुटाएकामध्ये दुई मन्त्रालय गाभ्ने समझदारीसमेत भएको छ ।  
 
पशुपक्षी मन्त्रालयलाई कृषिमा र वाणिज्य मन्त्रालयलाई आपूर्तिमा गाभिने जनाइएको छ । दुई मन्त्रालय गाभिएपछि मन्त्रालयको संख्या २८ हुनेछ । कांग्रेस र माओवादीको भागबन्डाका परेका बाहेक ६ मन्त्रालयमा राप्रपा र अन्य साना दलका लागि छुट्याइएको छ । छुट्टाइएकामध्ये राप्रपालाई दुई र नेकपा संयुक्तलाई एक मन्त्रालय दिने मोटामोटी समझदारी भएको छ । 
 
बाँकी तीन मन्त्रालय साना दलको लागि राखिएको छ । मन्त्रालय भागबण्डा शीर्ष नेताहरु बसेर विहीवार औपचारिक रुपमा टुंगो लगाउने छन् ।
 
कांग्रेसको भागमा गृह, रक्षा, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, शिक्षा, खानेपानी तथा सरसफाइ, पर्यटन, शान्ति तथा पुनर्निर्माण मन्त्रालयलगायत परेको छ । 
 
माओवादीले अर्थ, सूचना तथा सञ्चार, ऊर्जा, स्वास्थ्य, वन, कानुन, सहरी विकास मन्त्रालय लिने तय भएको छ । स्थानीय विकास, सामान्य प्रशासन, कानुन मन्त्रालय कसले लिने भन्नेमा अन्तिमसम्म रस्साकस्सी भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ