एजेन्सी। जर्मन क्लब ब्रायन म्युनिख स्पानिस क्लब रियल म्याड्रिडसँग पराजित भएको छ। अन्तराष्ट्रिय च्याम्पियन्स कप अन्तर्गत भएको खेलमा रियल म्याड्रिडले ब्रयन म्युनिखमाथि १-० गोलको जित हात पारेको हो।
रियल म्याड्रिडलाई जिताउन डानिलोले खेलको ७९ औं मिनेटमा गोल गरे। खेलको पहिलो हाफ पुरै आफ्नो नियन्त्रणमा लिएको ब्रायन म्युनिख दोस्रो हाफको सुरूवातबाटै रियल म्याड्रिडको दबाबमा रह्यो। रियल म्याड्रिडलाई अहिले जिनेदान जिदानले सम्हालेका छन्। जिदान रियल म्याड्रिडकै भूतपूर्व खेलाडी हुन्।
यता रियल म्याड्रिड विजयी हुँदा उता इङ्लिश क्लब चेल्सीले पनि एसी मिलानमाथि ३-१ गोलको जित हात पारेको छ। चेल्सीका लागि ब्रजिलियन खेलाडी ओस्कारले दुई गोल गरे।