arrow

रियो ओलम्पिक: पुरूषतर्फको फुटबल खेल आजबाट सुरू

logo
प्रकाशित २०७३ साउन २० बिहिबार
rio-olympics.jpg.jpeg
एजेन‍सी। रियो ओलम्पिक २०१६ अन्तर्गत पुरूषतर्फको फुटबल खेलहरू आजबाट सुरू हुँदैछ। 
पहिलो उद्घाटन खेल राजधानी ब्रासिलियाको मेन गरिन्छा रंगशालामा समुह “ए” अन्तर्गतको इराक र डेनमार्कबीच हुनेछ। खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरू हुनेछ।
 
आजै राति समुह डी अन्तर्गतको अर्को खेल होन्डुरस र अल्जेरियाबीच पनि हुँदैछ। खेल नेपाली समय अनुसार ११:४५ बजे सुरू हुनेछ।
 
प्रतियोगितामा जम्मा १६ टिम सहभागी छन्। टिमहरूलाई “ए”, “बी, “सी” र “डी” गरि जम्मा चार समुहमा विभाजन गरिएको छ। 
 
प्रतियोगिताको फाइनल खेल भने अगष्ट २१ गते हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ