arrow

लेष्टर सिटी विरुद्द बार्सिलोनाको सानदार जित

logo
प्रकाशित २०७३ साउन २० बिहिबार
barcelona-1.jpg.jpeg
एजेन‍सी। इन्टरनेश्नल च्याम्पियन्स कप अन्तर्गत बुघबार भएको खेलमा ला लिगाको साबिक बिजेता बार्सिलोनाले प्रिमियर लिग विजेता टोली लेष्टर सिटी विरुद्द ४-२  गोल अन्तरको सानदार जित दर्ता गरेको छ। स्विडेनको राजधानी स्टकहोममा भएको उक्त खेलमा बार्सिलोना हाबी रह्यो। 
 
बार्सिलोनालाई बिजयी गराउनेर क्रममा उसका लागि  मुनिरले २७ औ तथा ४५ औ मिनेटमा गरि २ गोल गरेका थिए भने पहिलो हाफमा थप एक गोल गर्दै बार्सिलोनाका लुइज स्वारेजले बार्सिलोनाको अग्रता ३-० पारेका थिए। पहिलो हाफमा कमजोर प्रदर्शन गरेको लेष्टरले दोस्रो हाफमा सुधारिएको खेल प्रश्तुत गरेको थियो। उसको लागि नाइजेरियन स्टार मुसाले  २ गोल गर्दै खेलमा लेष्टरको आशा जिवितै राखेपनि खेलको अन्त्य तिर बार्सिलोनाका राफ मयुजिका ले गोल गर्दे बार्सिलोनाको जित ४-२ गोल अन्तरले सुनिश्चित गराए। 
 
बार्साको जितमा मेस्सीको निर्णायक भुमिका 
लेष्टर सिटी विरुद्दको खेलमा मेस्सी अधिकांश समय मिल्डफिल्मा बसेर निरन्तर आक्रमणको जालो तयार पारे आफ्नो युवा टोलि मैदानमा उतारेको बार्सिलोनाको कप्तान मेस्सीले आफ्नो कप्तानी भुमिका राम्रोसँग निभाएका उनले उक्त खेलमा २ गोलका लागि पास उपलब्ध गराएका उनले अन्य गोलका लागि पनि सहयोगी भुमिका निभाएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ