arrow

देश द्रोही प्रचण्ड भन्दै नारा लगाउनेलाई रिहा गर्न प्रधानमन्त्री प्रचण्डको आग्रह

logo
प्रकाशित २०७३ साउन २० बिहिबार
dahal-PM-baneko-news.jpg.jpeg
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूविरुद्ध नारा लगाइ प्रदर्शन गरेको आरोपमा पक्राउ परेका श्याम खत्रीलाई तत्काल छाड्न नेपाल प्रहरीलाई आग्रह गरेका छन् । 
 
प्रधानमन्त्री निर्वाचित भएलगत्तै बुधबार साँझ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले माइतीघर मण्डलामा आयोजना गरेको एक कार्यक्रममा अर्धनग्न रुपमा प्रदर्शन गरेका खत्रीलाई प्रहरीले पक्राउ गरेको थियो । 
 
प्रधानमन्त्री दाहालका तर्फबाट पुत्र प्रकाश दाहालले प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई टेलिफोन गरी पक्राउ परेका खत्रीलाई छाडिदिन आग्रह गरेका हुन् । 
 
“लोकतन्त्रमा शान्तिपूर्ण विरोध प्रदर्शन गर्नु नागरिकको मौलिक अधिकार भएकाले त्यसैको आधारमा पक्राउ गर्नु न्यायसङ्गत हुन नसक्ने भएकाले खत्रीलाई छाडिदिन प्रधानमन्त्रीले आग्रह गरे । मैले सोही आधारमा प्रहरी महानिरीक्षकसँग कुरा गरेँ, प्रधानमन्त्री पुत्र दाहालले भने । 
 
प्रहरीले पक्राउ परेका खत्रीलाई आजै छाड्ने जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ