arrow

नयाँ प्रधानमन्त्री दाहालका पहिलो दिन यि पाँच कार्यक्रम

logo
प्रकाशित २०७३ साउन २० बिहिबार
prachanda.JPG.jpeg
काठमाडौं । नव निर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालका पहिलो दिन पाँच कार्यक्रम रहेका छन् । दाहालले कुनै नौला पाँच काम भने गर्न लागेका होइनन् । 
 
उनले यसअघि प्रधानमन्त्रीले जस्तै सुरुमा राष्ट्रपतिको कार्यालय शीलत निवासमा सपथ ग्रहण गरेपछि शहीदहरुलाई सम्झिने छन् । विभिन्न स्थान पुगेर शहीद र लोकतान्त्रिक योद्धाका शालिकमा माल्यार्पण गर्ने छन् । 
 
यस्तै, असअघि झैँ दाहाल प्रधानमन्त्री कार्यालयमा पुगेर पदभार ग्रहण गर्ने छन् । तर, उनले त्यसअघि आफ्नो पार्टी केन्द्रीय कार्यालय पुगेर वेपत्ता योद्धा स्तम्भमा माल्यार्पण गर्ने छन् । यो दाहालले अघिल्लो पटक प्रधानमन्त्री हुँदा समेत गरेका थिए ।   
 
पाँच कार्यक्रम 
– दिउँसो ३ः०० बजे शपथ ग्रहण
– शपथपश्चात् शहीद स्तम्भ लैनचौरमा माल्यार्पण
– पुष्पलाल स्मृति पार्क चम्पादेवीमा माल्यार्पण
– पार्टी केन्द्रीय कार्यालय शहीद तथा वेपत्ता योद्धा स्तम्भमा माल्यार्पण
– प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा पदबहाली



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ