arrow

काँग्रेसले स्थानिय माओवादीलाई नै छोड्ने; निधी नेतृत्वमा सरकारमा जानेको नाम तय

logo
प्रकाशित २०७३ साउन २० बिहिबार
congress-flag.jpg.jpeg.jpeg
काठमाडौं। नेपाली काँग्रेस र नेकपा माओवादीको गठवन्धनबाट प्रचण्ड नेतृत्वमा बन्ने सरकारमा नेपाली काँग्रेसका तर्फबाट विमलेन्द्र निधीले नेतृत्व गरेर जाने पक्का भएको छ। निधीको नाममा काँग्रेस सभापति देउवा अडिग भएपछि उनीसँगै आकाँक्षी रहेका भनिएका नेताहरु रेसबाट बाहिरिएका छन्। पार्टीका नेता कृष्ण प्रसाद सिटौलाले दुई दिन अघीदेखि आफू सरकारमा जाने दौडमा नरहेको प्रष्ट्याएका थिए। उनले पार्टी सभापतिलाई सहयोग पुग्ने व्यक्तिलाई उहाँले छानेर पठाउने अधिकार रहेको भन्दै आफू उपप्रधानमन्त्री सहित सरकारमा काँग्रेसको तर्फबाट नेतृत्व गरेर जाने दौडमा नरहेको प्रष्ट्याएका थिए। 
 
सरकारमा पार्टीको तर्फबाट नेतृत्वको दौडमा रहेका भनिएका अर्जुननरसिंह केसीलाई देउवाले नेतृत्व गरेर पठाउन नसक्ने आफ्नो मजवुरी बताएर सरकारमा बरिष्ठ न्त्रीको हैसियतमा सहभागि हुन पटकपटक आग्रह गरेका थिए। केसीले पनि सरकारमा नेतृत्व गर्ने अवसर नपाउँदा गृह मन्त्रालयको दावी गरेपनि त्यसमा निधीले नै दावी अन्तिम समयसम्म नछोडेपछि देउवा पनि अप्ठ्यारोमा परेका थिए। दुई नेताको आकाँक्षा मिलाउन उनले विभिन्न विक्लपमा परामर्श गरेपनि त्यसमा अन्तिम टुङगोमा पुग्न सकेा छैनन्। काँग्रेसले माओवादीसँग दावी गरेको स्थानिय विकास मन्त्रालयमा माओवादी पनि लचक नभएपछि काँग्रेसले स्थानिय मन्त्रालय छोड्न वाध्य भएको छ। स्थानिय निकायको चुनाव अघी माओवादी सरकारको नेतृत्वमा रहँदा पनि प्रभावकारी मन्त्रालय आफ्नो हातमा नहुँदा सहमति जनाउन सकेको थिएन। उसले गृह र स्थानिय एउटै पार्टीमा जान नमिल्ने भन्दै अडान राखेको थियो। 
 
केसीले भनेजस्तो अवस्था नदेखिदा तत्काल सरकारमा जाने नजानेमा उनि अनिर्णित छन्। यद्यपी उनलाई रक्षा मन्त्रालय वा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्न देउवाले आग्रह गरिरहेका छन्। देउवाले अन्य नेताहरुलाई पनि लगाएर केसीलाई सम्झाउन भनेका छन्। त्यसैगरि बिहिवार बन्ने मन्त्रिमण्डलमा डा. शेखर कोइराला, रमेश लेखकमध्येबाट मन्त्री बन्ने सम्भावना रहेपनि परराष्ट्र मन्त्रालयको जिम्मेवारी नपाए सरकारमा नजाने बताएका थिए। सम्भवत देउवाले परराष्ट्रमा आफ्नै समुहकालाई बनाउने भएपछि कोइराला मन्त्री बन्न अनिच्छुक देखिएका हुन्। अब पहिलो चरणमा निधी, केसी र लेखक मन्त्री बन्ने भएका छन्। लेखक भौतिक योजना तथा निर्माण मन्त्री बन्ने बताइएको छ।   
 
कांग्रेसको भागमा गृह, रक्षा, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, शिक्षा, सामान्य प्रशासन, खानेपानी तथा सरसफाइ, पर्यटन, शान्ति तथा पुनर्निर्माण मन्त्रालयलगायत परेको छ। माओवादीले अर्थ, स्थानीय विकास, सूचना तथा सञ्चार, ऊर्जा, स्वास्थ्य, वन, कानुन, सहरी विकास मन्त्रालय लिने तय भएको छ। , , कानुन मन्त्रालय कसले लिने भन्नेमा अन्तिमसम्म रस्साकस्सी भएको थियो। 
 
पहिलो चरणमा सानो आकारमा बन्ने मन्त्रिपरिषदमा आफ्ना तर्फबाट देउवाले केहि मात्र मन्त्री बनाउने र बाँकीलाई भने नेविसंघको महाधिवेशन पछि बनाउने सोचाइमा देउवा छन्। महाधिवेशन पछि पार्टीका विभिन्न समुहहरुका तर्फबाट नामहरु लिएर उनले पार्टीका तर्फबाट मन्त्रीमण्डललाई पूर्णता दिनेछन्। यस क्रममा बरिष्ठ नेता रामचन्द्र पौडेलको सिफारिसमा चार सिटौलाको सिफारिसमा दुई र खुम बहादुर खड्काको सिफारिसमा एक मन्त्री बन्ने पक्का भएको छ। तर पौडेलले भने कम्तिमा ५ जना आफ्नो सिफारिसमा मन्त्री बन्नुपर्ने दावी गरेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ