arrow

मन्त्रालयको भागबण्डा मिलेपछि माओवादी मन्त्री छान्ने बैठकमा, कांग्रेसलाई १३, आफुलाई ८

logo
प्रकाशित २०७३ साउन २० बिहिबार
dahal-mantri-chandai.jpg.jpeg
काठमाडौं । नयाँ सरकार गठन गरिरहेका मुख्य साझेदार दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच मन्त्रालयको भागवण्डा मिलेको छ ।
 
कांग्रेसले थप दुई मन्त्रालय मागेपछि विहिबार दुवै दलका शीर्ष नेताहरु छलफलमा जुटे । बानेश्वरमा भएको वार्तामा मन्त्रालय भागवण्डामा सहमति भएको माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले जानकारी दिए । महराले भने, ‘म अहिले अर्को मिटिङमा छु । थप कुरा पछि भनौला । कांग्रेससंग भएको बैठकमा कांग्रेसलाई १३ मन्त्रालय दिने र माओवादीले ८ मन्त्रालय राख्ने सहमति भएको छ ।’ 
 
सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रलाई अर्थ, सूचना तथा सञ्चार प्रविधि, उर्जा, स्थानीय विकास, शिक्षा, युवा तथा खेलकुद र कानुन मन्त्रालय परेको छ । यस्तै, महिला बालबालिका तथा समाज कल्याण पनि माओवादीलाई पर्न सक्ने छ । यद्यपि, माओवादीबाट तत्काल को–को मन्त्री बन्ने भन्ने विषयमा छलफल भइरहेको छ । यद्यपि, कृष्णबहादुर महरा सहित केहीको सरकारमा जाने पक्का पक्की भइसकेको नेता जनार्दन शर्माले बताए ।
 
ओली सरकारमा सिक्षामन्त्री भएका गिरिराजमणि पोखरेल फेरि दोहोरिने बताइए पनि उनले आफुलाई त्यसबारे केही जानकारी नभएको बताए । मुख्य साझेदार दल कांग्रेसको भागमा भौतिक पूर्वाधार, रक्षा, शहरी विकास, पर्यटन लगायतका मन्त्रालय परेको छ । कांग्रेसभित्र रामचन्द्र पौडेल पक्षधरले १३ मन्त्रालय पाए आफुहरुलाई ५ जना मन्त्री चाहिने माग गर्दै आएको छ । पार्टी सभापति शेरबहादुर देउवाले आफु पक्षका तीन जनाको नाम पठाइसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ