arrow

पाँचथरमा गाउँपालिका बनाउँदा ७ देखि ११ बटा सम्म गाउँतह बनाउनुपर्ने सुझाव

आयोगले दिएको ५ वटा गाउँपालिका अव्यवहारिक हुने भनाई

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७३ साउन २० बिहिबार
Panchthar-hamrakura.jpg.jpeg
पाँचथर । पाँचथर जिल्ला स्थित संघ सस्थाका प्रतिनिधि र सञ्चारकर्मीले जनसंख्याका आधारमा ७ देखि ११  वटा गाँउपालिका र एक नगरपालिका बनाउन राज्य पुर्नसंरचना आयोगलाई सुझाव दिएका छन ।
 
स्थानीय निकाय पुर्नसंरचनाको खाका उपर छलफल गर्न जिल्ला विकास समिति पाँचथरले वुधवार फिदिममा आयोजना गरेको छलफल कार्यक्रममा उनीहरुले यस्तो सुझाव दिएका हुन ।
 
आयोगले जिल्ला स्थित प्राविधिक समितिलाई गाँउपालिका र नगरपालिका गरी ५ वटा स्थानीय तह निर्माण गरी तिनीहरुको नामांकन र सिमांकन गर्न भन्दै गरेको पत्राचार नै अव्यवहारिक भएको उनीहरुको भनाई थियो ।
 
पहाडी जिल्लाका हकमा गाँउपालिकाका लागि २५ र नगरपालिकाका लागि न्युनत्तम ३५ हजार जनसंख्या हुनुपर्ने मापदण्डलाई ख्याल गर्दै स्थानीय निकायको पुनःसंरचना गर्नुपर्ने निर्माण व्यवसायी संघ पाँचथरका सचिव सूर्य वास्कोटाको टिप्पणी थियो । 
 
कार्यक्रममा वोल्दै गैर सरकारी संस्था महासंघ पाँचथर जिल्ला अध्यक्ष बालकृष्ण ओझाले कम्तिमा पनि गाउँतह बनाउँदा ९ वटा देखि ११ वटा सम्म बनाउन सुझाव दिए ।
 
सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष देवीप्रसाद न्यौपानेले १ लाख ९१ हजार जनसंख्या रहेको पाँचथर जिल्लामा ५ वटा स्थानीय निकाय वनाउन पुनसंरचना गर्न आयोगले तोकेको मापदण्ड स्यम संघीयता विरोधी रहेको भन्दै पुर्नविचार गर्दे कम्तीमा ९ वटा सम्म गाउँपालिका बनाउनै पर्ने वताए ।
 
कार्यक्रममा उद्योग वाणिज्य संघ पाँचथरका अध्यक्ष मित्रप्रसाद काफ्ले,वारका सचिव खगेन्द्र वास्कोटा,रेडक्रसका मन्त्री कृष्ण वास्कोटा,कानून व्यवसायी टिका तिम्सिना,महिला अधिकारकर्मी मधु जवेगू र लिम्वू भाषा विकास सस्थाका दिलेन्द्र कुरुम्वाङ,तथा संचारकर्मी लगायतले पाँचथरको जनसंख्यालाई आधार मान्दा एक नगरपालिका र ९ गाँउ पालिका वनाउने आधार रहेकाले आयोगमा सोहि सुझाव पठाउन स्थानीय विकास अधिकारीको ध्यानाकर्षण गराए ।
 
स्थानीय विकास अधिकारी कोमलप्रसाद धमलाले सुझावहरुलाई समेटेर आयोगमा पठाउने वताएका छन । कार्यक्रममा प्रमूख जिल्ला अधिकारी किरण थापा र जिल्ला इन्जिनियर भानुभक्त वराल लगायतले पनि पुर्नसंरचनाका विषयमा आ आफ्ना धारणा राखेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ