arrow

पुरानो घरको पनि नक्सा पास गर्नुपर्ने

logo
यादव आचार्य,
प्रकाशित २०७३ साउन २० बिहिबार
Bardiya-hamrakura.jpg.jpeg
बर्दिया। गुलरिया नगरपालिका भित्र रहेका पुराना निर्माण भैसकेका घरहरुको पनि नक्सा पास गर्नु पर्ने भएको छ।
 
स्थानिय स्वयत्त शाखन ऐन २०५५ अनुसार अनिवार्य नक्सापास गर्नुपर्ने प्रावधान रहेकाले वस्न योग्य सडक मापदण्ड भित्रका पुराना घरहरुको समेत नक्सा पास गर्न अनिवार्य भएको हो।
 
गुलरिया नगरपालिका क्षेत्र भित्र सडक मापदण्ड अनुसार निर्माण भएका पुराना घरहरुले अनिवार्य रुपमा नक्सापास गर्नु पर्ने गुलरिया नगरपालिकाका कार्यकारी अधिकृत धर्मराज न्यौपानेले वताए। छ महिना भित्र नक्सापास गर्न नगरपालिकाले सुचना पनि जारी गरीसकेको छ उनले भने।
 
निर्माण भैसकेका पुराना घरका घरधनीहरुलाई नक्सापास गर्नको लागि सूचना समेत जारी गरेको अवस्थामा तोकिएको समय भित्रै घरनक्सा पास गर्न घरधनीहरुलाई आग्रह समेत गरे। नक्सा पास गरेका व्यक्तीहरुलाई विभिन्न कारोवारमा समेत सहज हुने भएकाले पनि त्यस तर्फ सचेत हुन उनको सुझाव छ। स्थानिय स्वायत्त शासन ऐन अन्र्तगत नगरपालिकाले पुराना घरको नक्सांकन गर्ने कार्य शुरु गरेको अधिकृत न्यौपानेले वताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ