arrow

सरकारले मुख्य ३ काम गर्न नसके माओवादी केन्द्रको अस्तित्व खोज्नुपर्ने छ : वादल

logo
प्रकाशित २०७३ साउन २० बिहिबार
rambahadur-thapa.jpg.jpeg
काठमाडौँ । नेकपा माओवादी केन्द्रका हेडक्वार्टर सदस्य रामबहादुर थापा ‘वादल’ ले आफ्नो पार्टीको नेतृत्वमा बनेको सरकारले स्थायी शान्ति स्थापना, उत्पीडित समुदायको अधिकारको संरक्षण, र भूकम्पीडितलाई राहत पुनःनिर्माणलाई प्राथमिकतामा राख्ने बताएका छन् । 
 
‘ओली जीको नेतृत्वको सरकारले उत्पीडित जातिको अधिकारको संरक्षण, स्थायी शान्ति, पुनःनिर्माणको कामलाई गति दिन नसकेका कारण त्यसलाई ढालिएको हो’–वादलले भने । 
 
बिहीबार संवाद डबलीमा भएको कार्यक्रममा बोल्दै बादलले माओवादी केन्द्रको नेतृत्वमा बन्नु अबसर र चुनौती दुबै भएको बताए । उनले जनताले गरेको अपेक्षअनुसार पार्टी अध्यक्ष प्रचण्डले सरकारले काम गर्न नसके माओवादी केन्द्रको स्थान खोज्नु पर्ने अवस्था आउने बताए । 
 
‘हाम्रो पार्टीको नेतृत्वमा सरकार बनेको छ । यो अवसर र चुनौती दुबै हो । उत्पीडित समुदायले उठाएका माग र जनताको दैनिक जीवनसँग जोडिएका समस्या समाधन गर्न सकिएन भने माओवादी केन्द्रको अहिलेकै स्थानमा हुने छैन’ वादलले भने । 
 
माओवादी केन्द्रका संगठन विभाग प्रमुख समेत रहेका वादलले संविधानका केही बुँदाहरु प्रतिगामी रहेको बताउँदै नयाँ सरकारले त्यसको संशोधन गरेर सबैको अधिकार सुनिश्चित गर्ने बताए । उनले नेपाली काँग्रेससँग भएको सात बुँदे र मधेसी मोर्चासँग भएको तीन बुँदे सहमति नै नयाँ सरकारका अधार भएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ