arrow

‘गो ब्याक चाइना’ को नारा लगाउँदै वीरगञ्जमा चिनियाँ राष्ट्रपतिको पुत्ला दहन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १४ शुक्रबार
anti-china-parsa.jpg

काठमाडौं । राष्ट्रिय एकता अभियानले चिनियाँ हस्तक्षेपविरूद्ध पर्सामा प्रदर्शन गरेको छ। पर्साको वीरगञ्जस्थित घण्टाघरमा भएको प्रदर्शनका क्रममा चिनियाँ राष्ट्रपति सी चिङपिङविरूद्ध चर्को नाराबाजी लगाइएको हो । 

प्रदर्शनका क्रममा अभियानका अभियन्ताहरुले चीन सरकार मुर्दावाद, चिनियाँ हस्तक्षेप बन्द गर, सीमा अतिक्रमण बन्द गर, अघोषित नाकाबन्दी खुला गर र नेपाली विद्यार्थीहरुको पढाइ सुचारु गर लगायतका नारासमेत लगाएका थिए ।

त्यस्तै नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै अभियन्ताहरुले ‘गो ब्याक चाइना’ लगायतका प्ले कार्ड बोकेर चीनविरुद्ध नारा लगाएका थिए ।

अभियान निकट राष्ट्रिय विद्यार्थी परिषद्का केन्द्रीय संयोजक विवेक कुशवाहाको नेतृत्वमा भएको प्रदर्शनमा चिनियाँ राष्ट्रपति सीको पुत्ला पनि दहन गरिएको छ । 

पछिल्लो समय नेपालमा चिनियाँ हस्तक्षेप बढेको महसुस हुन थालेको छ। नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीको सक्रिय राजनीतिक भेटघाटले चिनियाँ प्रभाव परेको सजिलै बुझ्न सकिने परराष्ट्र मामलाका जानकार तथा विश्लेषकहरुको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ