शपथ लिनेमा माओवादीका तीन मन्त्री काँग्रेसका दुई; अर्जुननरसिंह नजाने
प्रकाशित २०७३ साउन २० बिहिबार
6.8k
Shares
काठमाडौं। नेपाली काँग्रेस र नेकपा माओवादीको गठवन्धनबाट प्रचण्ड नेतृत्वमा बन्ने सरकारमा नेपाली काँग्रेसका तर्फबाट विमलेन्द्र निधीले नेतृत्व गरेर जाने पक्का भएको छ। निधी उपप्रधान सहित गृह मन्त्रालय लिएर काँग्रेसबाट नेतृत्व गर्नेछन। उनीसँगै अर्जुननरसिंह केसी रक्षा मन्त्रालय सहित सरकारमा जाने भनिएपनि सरकारमा जानेहरुको वरियता र आफूले भनेको मन्त्रालय नपाउने भएपछि आजको लागि तय भएको सपथमा उनले सहभागिता नजनाउने भएका हुन्।
केसीलाई सरकारको नेतृत्व गरेर पठाउन नसक्ने आफ्नो मजवुरी बताएर देउवाले सरकारमा बरिष्ठ मन्त्रीको हैसियतमा सहभागि हुन पटकपटक आग्रह गरेका थिए। केसीले पनि सरकारमा नेतृत्व गर्ने अवसर नपाउँदा गृह मन्त्रालयको दावी गरेपनि त्यसमा निधीले नै दावी अन्तिम समयसम्म नछोडेपछि देउवा पनि निधीकै पक्षमा उभिएपछि केसीलाई रक्षा र स्वास्थ्यको विकल्प दिइएको थियो। स्थानिय विकास मन्त्रालय दिएर केसीलाई ल्याउन खोजिएपनि माओवादी त्यसमा लचक नभएपछि काँग्रेसले स्थानिय मन्त्रालय छोड्न वाध्य भएको छ। स्थानिय निकायको चुनाव अघी माओवादी सरकारको नेतृत्वमा रहँदा पनि प्रभावकारी मन्त्रालय आफ्नो हातमा नहुँदा सहमति जनाउन सकेको थिएन। उसले गृह र स्थानिय एउटै पार्टीमा जान नमिल्ने भन्दै अडान राखेको थियो।
केसीले भनेजस्तो अवस्था नदेखिदा तत्काल सरकारमा जाने नजानेमा अन्यौल रहँदा उनले सपथ ग्रहणमा भाग नलिने भएका हुन्। त्यसैगरि बिहिवार बन्ने मन्त्रिमण्डलमा रमेश लेखक भौतिक योजना तथा निर्माण मन्त्री बन्ने बताइएको छ। पहिलो चरणमा देउवाले आफू निकटहरुलाई मात्र मन्त्री बनाउन पठाएका हन्।
कांग्रेसको भागमा गृह, रक्षा, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, शिक्षा, सामान्य प्रशासन, खानेपानी तथा सरसफाइ, पर्यटन, शान्ति तथा पुनर्निर्माण मन्त्रालयलगायत परेको छ। माओवादीले अर्थ, स्थानीय विकास, सूचना तथा सञ्चार, ऊर्जा, स्वास्थ्य, वन, कानुन, सहरी विकास मन्त्रालय लिने तय भएको छ। माओवादी केन्द्रबाट कृष्णबहादुर महरा उपप्रधान तथा अर्थ, कृषि मन्त्रीमा गौरीशंकर थारु र युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपाली जाने भएका हुन्। उनीहरुको आजै सपथ हुने भएको हो। बाँकी मन्त्रालयको कार्यभार भने मन्त्रीमण्डल विस्तार नभएसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै लिने भएङ्का छन्।
पहिलो चरणमा सानो आकारमा बन्ने मन्त्रिपरिषदमा आफ्ना तर्फबाट देउवाले केहि मात्र मन्त्री बनाउने र बाँकीलाई भने नेविसंघको महाधिवेशन पछि बनाउने सोचाइमा देउवा छन्। महाधिवेशन पछि पार्टीका विभिन्न समुहहरुका तर्फबाट नामहरु लिएर उनले पार्टीका तर्फबाट मन्त्रीमण्डललाई पूर्णता दिनेछन्। यस क्रममा बरिष्ठ नेता रामचन्द्र पौडेलको सिफारिसमा चार सिटौलाको सिफारिसमा दुई र खुम बहादुर खड्काको सिफारिसमा एक मन्त्री बन्ने पक्का भएको छ। तर पौडेलले भने कम्तिमा ५ जना आफ्नो सिफारिसमा मन्त्री बन्नुपर्ने दावी गरेका छन्।