arrow

मकालु एयरको कार्गो विमान कर्णाली नदीमा खस्यो, पाइलट र को–पाइलटले नदी किनारमा हाम फाले

कसरी भयो दुर्घटना ?

logo
प्रकाशित २०७३ साउन २० बिहिबार
makalu-ko-biman.jpg.jpeg
काठमाडौं । हुम्लाबाट कार्गो पुर्‍याएर  सुर्खेत फर्किँदै गरेको मकालु एयरको विमान कर्णाली नदीमा खसेको छ ।
 
हुम्लाबाट उडेको पाँच मिनेटमै  विमानको इन्जिनमा खरावी आएपछि पुनः रिटर्न गर्न खोज्दा हाइट लिन नसकेपछि नदीमा खसेको हुम्ला प्रहरीले जनाएको छ । विमानका पाइलट र को पाइलटले नदी किनारमा हाम फालेका छन् ।
 
उनीहरुको हेलिकोप्टरले उद्धार गरिसकेको प्रहरीले जनाएको छ । पाइलट सांङ्गे बेलेन लामा थिए भने, को–पाइलट प्रशान्त शाह थिए । 
 
प्रहरीका अनुसार कर्णाली नदीमा पानी अधिक भएकाले विमानको पार्ट पूर्जा समेत भेटिने अवस्था छैन । जिल्ला प्रहरी कार्यालयका एक अधिकारीले भने, ‘कुनै ठाउँमा केही टुक्रा भेटिएलान् । पाइलट र को पाइलटलाई उद्धार गरिसकेका छौं ।’ ९एन एकेसी कलसाईन भएको ९ सिट क्षमताको विमान दुर्घटना भएको मकालु एयरले जनाएको छ । 
 
कसरी भयो दुर्घटना ? 
हुम्लाको सीमिकोटबाट सुर्खेत उडेको विमानमा पाँच मिनेटपछी इन्जिन खराबी आयो । विमान पुनः सीमिकोट फर्काउन खोज्दा विमानस्थल पुग्नै लाग्दा इन्जिन बन्द भयो । विमान खस्ने संकेत पाउना साथ पाइलट र को पाइलटले किनारमा हाम फाले । खसेको विमान टुक्रा-टुक्रा भएको छ । 
 
विमानको ढोका र  सीट खेसेको भन्दा एक किलोमिटर तल भेटिएको प्रहरी सहायक निरीक्षक मिन बहादुर देउवाले जानकारी दिए । 
 
उनका अनुसार विमान हुम्लाको सीहिप्रा–८ मा दुर्घटना भएको हो । पाइटल र को पाइलटलाई सिम्रिक एयरलाइन्सको विमानबाट नेपालगन्ज लगिएको छ । उनीहरुको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ । नदीमा हाम फालेका कारण उनीहरुलाई चोट नलागेको तर, पौडेर बाँचेको बताइएको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ