arrow

प्रहरी देख्दा मोटरसाइकल छोडी भागे, २ लाख बढीको अवैध समान नियन्त्रणमा

logo
रवीन्द्र यादव,
प्रकाशित २०७८ माघ १६ आइतबार
moter-cycle-bhag.PNG

नवलपरासी पश्चिम । नवलपरासी पश्चिममा २ लाख २० हजार मूल्य बराबरको अवैध सामान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । नेपालबाट भारततर्फ जाँदै गरेको युपी ५६ अल २८०६ र बीआर ०६ सीई ७४१९ नम्बरको भारतीय मोटरसाइकलबाट अवैध सामान नियन्त्रणमा लिएको हो।

मोटरसाइकलको डिक्कीबाट करिब १ लाख २० हजार बराबरको आईटिएल कम्पनीको चाइनिज १५० थान मोबाइल र १ लाख बराबरको २ वटा मोटरसाइकल सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनीका सशस्त्र प्रहरी निरीक्षक सन्तोष खरेलको नेतृत्वमा खटिएको गस्ती टोलीले नियन्त्रणमा लिएको हो। 

सशस्त्र प्रहरीको टोलीलाई देखे पछि उक्त मोबाइल र मोटरसाईकल मानिसहरूले छोडी भागेका सशस्त्र प्रहरी बल नेपाल न.२६ गण नवलपरासीका सूचना अधिकारी माधव रेग्मीले बताए ।

नियन्त्रणमा लिएको सामानहरू आवश्यक कारबाहीको लागी महेशपुर भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ