एजेनसी । सुपरस्टार रजनिकान्तको ट्विटर एकाउण्ट ह्याक भएको छ । उनको ट्विटर एकाउण्ट ह्याक भएपछि रीसेट गरिएको रजनीकान्तको छोरी ऐश्वर्याले जनाएकी छन् ।
ऐश्वर्याले ट्वीटमा लेखेकी छन् , "सुपरस्टार रजनी बुवाको एकाउण्ट ह्याक भएको थियो । अहिले सबै ठिकमा आएको छ । तपाई सबैलाई धन्यबाद । अहिले सबै ठीक छ।"
भारतिय सञ्चारमाध्यमका अनुसार रजनीकान्तले प्रहरीमा कुनै प्रकारको उजुरी दिएका छैनन् ।