arrow

हरिवंशको ‘कर्कलो कोक्याउला’ को प्रहरीले प्रचार प्रसार गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १७ सोमबार
karkalo-kokeula.PNG

काठमाडौं । शुभ मिडिया होम प्रालिले तयार गरेको हरिवंश आचार्यको शब्द, सङ्गीत र स्वरमा चेलीबेटी बेचबिखन सम्बन्धी सचेतना जगाउने ‘कर्कलो कोक्याउला’ बोलको अडियो भिडियो गीत प्रहरी प्रधान कार्यालयलाई दिइएको छ ।

उक्त श्रव्य दृश्य सामग्री प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमका बीच प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले हस्तान्तरण गरेका हुन्  ।

समाजमा विभिन्न खालका परिवर्तित शैलीबाट चेलीबेटी बेचबिखनका घटनाक्रमहरू भइरहेका छन् । गरिबी बेरोजगारी तथा अपेक्षाकृत जीवन व्यतीत गर्ने सपनाकै कारण चेलीबेटीहरू बेचिने कार्य हाम्रो देशमा लामो समयदेखि भइराखेको छ । 

यस सन्दर्भमा समाजमा सचेतना अभिवृद्धि गरी मानव बेचबिखनका घटनाहरू रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले यस श्रव्य दृश्य सामग्रीलाई प्रहरी कार्यालयहरूले आ-आफ्ना कार्यालय तथा समुदाय प्रहरी साझेदारी कार्यक्रमहरूमा व्यापक रूपमा प्रचार प्रसार गर्नेछन् ।
 
हस्तान्तरण कार्यक्रममा शुभ मिडिया होम प्रालिका अध्यक्ष सरोज ओली एवं नेपाल प्रहरीका वरिष्ठ अधिकृतहरू समेतको उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ