arrow

दाहालको ओपनिङ् : के-के भयो पहिलो मन्त्रिपरिषद् बैठकमा निर्णय

logo
प्रकाशित २०७३ साउन २० बिहिबार
dahal-new-nirnaya-nn.jpg.jpeg
काठमाडौं । नव निर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालले पदभार ग्रहण गरेकै दिन मन्त्रिपरिषद्को बैठक बसाएका छन् । प्रधानमन्त्री तथा मिन्त्रपरिषद्को कार्यालयमा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले महत्वपूर्ण निर्णय गर्दै औपचारिक कार्यारम्भ गरेको छ । 
 
विहिबार शपथ लिएर प्रधानमन्त्री कार्यालय पुगेर पदभार ग्रहण गरेका दाहालले आफुसंग सपथ लिएएका पाँच वटै मन्त्रीहरुसंग छलफल गरेको स्वकिय जोखबहादुर महराले हाम्राकुरालाई जानकारी दिए । 
 
पदभार ग्रहण गर्दा दाहालले भने, ‘पहिलो पटक प्रधानमन्त्री हुँदा काम गर्न जानिएन । १० वर्षमा धेरै कुरा सिकेर आएको छु । अब जनहितमा काम गर्छु ।’
प्रधानमन्त्री दाहालले आन्तरिक राष्ट्रिय एकतालाई बलियो पार्न काम गर्ने बताउँदै दलित, आदिवासी, जनजाति, मधेशी, पिछडा वर्गको उत्थानको काम गर्ने समेत बताए । दाहालले मन्त्रिपरिषद्का सदस्य थप्ने कार्य शुक्रबारबाटै थल्ने स्वकीय महराले जानकारी दिए । 
 
गरिबका लागि सरकार, भूकम्पपीडितलाई तत्काल राहत र पुनःनिर्माण, हरेक जिल्लामा स्वास्थ्यकर्मी पठाउने र दलित र जनजातीको बच्चाको जन्म दार्ता गरेमा एक हजार प्रोत्सहान भत्ता दिइने निर्णय भएको महराले जानकारी दिए । महराका अनुसार दाहालले भूकम्पपछिको पुनःनिर्माणलाई पहिलो प्राथमिकता दिने बताएको समेत सुनाए । 
 
यस्तै, बैठकले बाढी पहिरोमा परी दिवंगत भएकाहरुका परिवारलाई थप एक लाख दिने र पूर्ववर्ती सरकारले गरेका निर्णयहरु कार्यान्वयन गर्ने निर्णय समेत गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ