arrow

विद्यार्थी र प्रहरीबीच झडप, प्रहरी निरीक्षक गौरी घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १९ बुधबार
birodh-petroleum-price.jpg

धनगढी । पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रेका विद्यार्थी र प्रहरीबीच कैलालीको धनगढीमा झडप भएको छ । अनेरास्ववियु र राष्ट्रिय युवा संघले बुधबार संयुक्त रुपमा आयोजना गरेको विरोध र्‍याली  धनगढीस्थित सुदूरपश्चिम प्रदेश मुख्यन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा पुगेर रोकिएको थियो । 

मुख्यमन्त्री कार्यालय अगाडि विद्यार्थीले राके जुलुस निकाल्न खोजेपछि प्रहरीले लाठी चार्ज गर्न खोज्दा झडप भएको हो । प्रहरीले लाठी चार्ज गरेपछि विद्यार्थीले ढुंगा हानेका थिए । आन्दोलनरत विद्यार्थीले प्रहार गरेको ढुंगा लागेर वडा प्रहरी कार्यालय धनगढीका इन्चार्ज प्रहरी निरीक्षक गौरी जैसी र एक जना प्रहरी जवान सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले बताए । अहिले स्थिति सामान्य बनेको उनले बताए । 

प्रहरीको लाठी चार्जपछि विद्यार्थीले मुख्यमन्त्री राजीनामा दे, प्रधानमन्त्री मुर्दावाद, पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्तागर भन्दै नाराबाजी गरेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ