arrow

रियो ओलम्पिकको औपचारिक उद्घाटन हुँदै, स्पोर्टस् भिलेजमा गौरिकाकै चर्चा

logo
प्रकाशित २०७३ साउन २१ शुक्रबार
rio-image.jpg.jpeg
रियो। ओलम्पिक खेलकुदको ३१ औं संस्करण ब्राजिलको रियो दि जेनेरियोमा शुत्ररबारदेखि औपचारिक रुपले सुरु हुँदैछ।
 
गृष्मकालीन ओलम्पिकको यो संस्करण ऐतिहासिक मराकाना रंगशालामा विशेष समारोहकाबीच उद्घाटन हुँदैछ । १७ दिने रियो ओलम्पिकमा अहिलेसम्मकै बढी २ सय ६ राष्ट्रका १० हजार बढी खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । 
 
ओलम्पिकमा एउटा शरणार्थीहरुको टोली पनि सहभागी छ । यसैगरी दक्षिण सुडान र कोसोभो पहिलो पटक ओलम्पिकमा सहभागी हुँदैछन् । रियो ओलम्पिकमा अमेरिकाले सबैभन्दा बढी ५ सय ५४ खेलाडी ब्राजिल पठाउँदैछ भने दक्षिण प्यासीफिक राष्ट्र टुभालुबाट एक जनामात्रै खेलाडी ब्राजिल पुगेका छन् ।
 
ओलम्पिकमा सहभागी खेलाडीमध्ये नेपालकी पौडी खेलाडी गौरीका सिंह सबैभन्दा कान्छी खेलाडी हुन् । उनका बारेमा स्पोर्टस् भिलेजमा निकै चर्चा हुने गरेको छ ।
 
अन्य देशका खेलाडीहरु यिनै १३ वर्षे फुच्चीसंग बसेर सेल्फी खिच्नेहरु पनि धेरै छन् । गौरिकाले १०० मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्दैछिन् । 
 



नयाँ