arrow

संक्रमणको त्रास

विश्वभर झनै संक्रामक ओमिक्रोन बीए.टुको संक्रमण फैलिँदै, कति खतरनाक छ यो भेरियन्ट ?

नेपाल, भारतसहित विश्वभर फैलिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २० बिहिबार
covid-19-omicron-sign-royalty-free-image-1640102348.jpg

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले विश्वभर संक्रमण फैलाइ रहेका बेला यसको सहायक भेरियन्टहरुले समेत संक्रमण फैलाउन थालेका छन् ।

ओमिक्रोनका थुप्रै उप अथवा सहायक भेरियन्टहरु देखा पर्न थालेका छन् । जसमध्ये बीए.१, बीए.२, बीए.१.१.५२९ (BA.1, BA.2, BA.3 and B.1.1.529)लगायत रहेका छन् ।

अहिले एशिया र धेरै जसो युरोपेली मुलुकहरुमा बीए.२ को संक्रमण बढ्न थालेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार फिलिपिन्स, नेपाल, कतार, भारत र डेनमार्कलगायतका देशमा बीए.२ भेरियन्टको संक्रमण आक्रामक तरिकाले बढेको छ ।

बीए.२ सब अथवा उप भेरियन्ट ओमिक्रोन भन्दा पनि झनैं बढी संक्रामक रहेको विभिन्न अध्ययनले देखाइसकेका छन् । बीए.१ को संक्रमण भने यसअघि नै धेरै देशमा देखिइसकेको डब्ल्यूएचओले जनाएको छ ।

कोरोना भाइरसको भेरियन्ट सम्बन्धी विश्वव्यापी तथ्यांक समेटिने जीआईएसएड तथ्याङ्क भण्डारमा जनवरी २५, २०२२ सम्म उपलब्ध भएका भाइरल डीएनएमध्ये करिब ९९ प्रतिशतमा बीए.१ सब भेरियन्ट देखिएको छ ।

सुरुमा कुन देशमा देखियो भन्नेबारे थाहा नभए पनि बीए.१ फिलिपिन्सबाट पठाइएको भाइरल डिएनएमा पहिलो पटक देखिएको थियो ।

ओमिक्रोनको सब भेरियन्ट ५७ भन्दा बढी देशमा फेला परिसकेको डब्ल्यूएचओले जनाएको छ । अहिले कयौं देशमा बीए.२ को संक्रमण बढ्न थालेको छ । डेनमार्कले त्यहाँको आधा संक्रमित बीए.टुबाट भएको जनाएको छ ।

यस्तै मोलिक्युलर बायोलोजिस्ट विजय ढकालले भारतमा समेत बीए.टुले डेल्टा र ओमिक्रोन बीए.वान भेरिअन्टलाई प्रतिस्थापन गरिरहेको बताएका छन् । यति मात्रै हैन्, भारतका अन्य केही राज्यमा त बीए.२ नै प्रमुख संक्रामक बनिसकेको अनुमान गरिएको छ ।

ब्रिटेनमासमेत कयौंमा बीए.२ सब भेरियन्टको संक्रमण देखिएको छ । जर्मनीमा बीए.२ को सङ्क्रमण बीए.१ र डेल्टाभन्दा द्रुत गतिमा फैलिरहेको बताइएको छ ।

विभिन्न अध्ययनले बीए.२ अझैं बढी संक्रामक रहेको देखाएको छ । डेनमार्कमै ८५ सय परिवार र १८ हजार व्यक्तिमा गरिएको परीक्षणले बीए.२ झनै बढी संक्रामक रहेको देखाएको छ ।

यस्तै एक पटक संक्रमित भइसकेकालाई समेत यो भेरियन्टले सजिलै फेरि संक्रमित पार्न सक्ने देखिएको छ । यद्यपि, खोप लगाएकामा संक्रमण दर केही कम हुनसक्ने ठानिएको छ । यद्यपि, बीए.२ ले कति गम्भीर बिरामी बनाउँछ भन्नेबारे तथ्यांक भने फेला परेको छैन् ।

बीए.२ को संक्रमण बढ्न थालेसँगै फेरि विश्वभर चिन्ता बढेको छ । यद्यपि, खोप लगाउँदा संक्रमण केही कम होला र अस्पताल भर्ना हुनेको संख्यामा कमी आउला भन्ने विश्वास भने डब्ल्यूएचओले गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ