arrow

‘मिलेरै अगाडि बढ्छु, विवाद हटाउँछु’ –खेलकुद मन्त्री श्रीपाली

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७३ साउन २१ शुक्रबार
khelkud-mantri-sripali.JPG.jpeg
काठमाडौँ । नवनियुक्त युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले खेलकुदका सबै विवाद हटाउन प्रतिवद्धता व्यक्त गरेका छन् । पुष्पकमल दाहाल प्रचण्डले सपथ ग्रहण गरेकै दिन युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएका मन्त्री श्रीपालीले राष्ट्रिय खेलकुद परिषद राखेपमा सदस्यसचिव फरक दलको र नेपाल ओलम्पिक कमिटीको नेतृत्व फरक दलको व्यक्तिले लिए पनि मिलेरै जानेसमेत हाम्राकुरालाई बताएका छन् । 
उनले भने –‘विगतका दिनमा पनि मैले उहाँहरुसंग सरसल्लाह लिएको छु र दिएको पनि छु । त्यसैले उहाँहरुसंग मिलेरै अगाडि बढ्ने हो ।’
 
नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य रहेका श्रीपाइली दलित मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष एवम् पिएलए स्पोर्ट्स क्लबका अध्यक्षसमेत हुन् । 
 
खेलकुदमा लागेकैले उनले पहिलोपटक मन्त्री भए पनि खेल क्षेत्र केही न केही बुझेका छन् । उनले खेल राजनीति पनि बुझेका छन् । तर त्यति प्रशासनिक अनुभव नभएकाले यसै गर्लान् भन्ने स्थिति छैन । 
त्यसैले पनि उनले सपथ ग्रहणका बेलामा सबै कर्मचारीको सहयोगले मात्र आफ्नो कार्यकाल सफल हुने बताएका थिए । 
 
उनले पूर्व मन्त्रीले गरेका कामकाजको गहिरो अध्ययन गरी त्यसैअनुसार अगाडि बढ्ने बताएका छन् । 
 
खेलकुदमा भएका विकृतिबारे आफू केही जानकार रहेको भन्दै मन्त्री श्रीपालीले त्यसको समाधान गर्न लाग्ने प्रतिवद्धता जनाए । 
उनले नेपाल क्रिकेट संघ क्यान निलम्बनमा परेकोबारे जानकारी भए पनि भित्रीकुरा बुझिनसकेकाले त्यसलाई बुझेरमात्र के गर्ने भनी जानकारी गराउन सक्ने बताए । 
 
मन्त्री त्रिपालीले कुनै पनि समस्या समाधानका लागि कुनै कसर बाँकी नराख्ने बताए । 
 
उनले नेपालमा युवाहरुको समस्या पनि उत्तिकै भएकाले युवा र खेललाई मिलाएर अगाडि बढ्ने योजना रहेको सुनाए । 
 
२०२६ सालमा रुकुममा जन्मिएका मन्त्री श्रीपाली सोही जिल्लाबाट प्रतिनिधित्व गरेका समानुपातिक सांसद हुन् । उनी तत्कालीन जनमुक्ति सेना नेपालका पूर्वसहायक डिभिजन कमान्डरसमेत थिए । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ