arrow

नेविसंघ शक्ति हो काँग्रेसले यसलाई बचाउनै पर्छ

logo
बाबु नेपाली,
प्रकाशित २०७३ साउन २१ शुक्रबार
congresssssssssssssss.jpg.jpeg
तत्कालीन समय विपी कोइरालाले रामचन्द्र पौडेल र शेरबहादुरलाई एकै ठाउँमा राखेर भनेका थिए ‘रामचन्द्र तिमीले नेविसंघ सम्हाल’ । उनले फ्याट्टै जवाफ फर्काएका थिए ‘मैले हैन यो त शेरबहादुरजीले सम्हाल्नु हुन्छ’ । शेरबहादुर त्यही शक्तिले पार्टी पनि हाँके । प्रधानमन्त्री पनि भए । रामचन्द्रले प्रधानमन्त्रीको चुनावमा १७ पटकसम्म हारे । पार्टी सभापतिमा पनि तिनै देउवासंग भारी मतले हारे । तसर्थ नेविसंघ शक्ति हो । यो शक्तिलाई बचाऊँ ।
 
नेपालको सबैभन्दा पुरानो, सबैभन्दा ठूलो र सबैभन्दा प्रजातान्त्रिक पार्टी हो नेपाली काँग्रेस । यसको इतिहास जति फराकिलो छ अहिलेको व्यवहार भने त्यस्तो लाग्दैन । किनकि काँग्रेस प्रजातान्त्रिक पद्धति भुल्दै गएको अनुभूति भइरहेको छ ।
 
प्रसङ्ग हो भ्रातृ संगठन नेपाल विद्यार्थी संघ नेविसंघको । नेविसंघको ११ औं महाधिवेशन कुनै अप्रत्याशित घटना नभए आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा हँ'दैछ । साउन २३ देखि २५ गतेसम्म हुने तालिका रहेको यो महाधिवेशनको चासो विगत नौ वर्षदेखिको हो । 
प्रजातान्त्रिक अभ्यासमा रमाउने पार्टी भनिए पनि तदर्थवादमा टिकेप्रथामा विश्वास गर्ने पार्टीजस्तो भएको छ । त्यसैले नेविसंघको महाधिवेशन नौ वर्षदेखि हुन सकेको छैन । 
 
अहिले हुँदै त छ । तर विधि र प्रक्रिया पूरा गरेर हैन । अर्थात् विवाद धेरै छन् । पूर्व अध्यक्ष एवं महाधिवेशन निर्देशन समितिका सदस्य प्रदीप पौडेलको भनाइ मान्ने हो भने ११०० प्रतिनिधि चयन हुनै बाँकी छन् । त्यसमा ११ जिल्ला पर्छन् । विभिन्न विश्वविद्यालय, स्ववियुको निर्वाचन नभएपछि क्याम्पसका तथा विभिन्न वैदेशिक संघहरुमा चुनाव भएकै छैन । अधिवेशन नै भएको छैन । यो अवस्थामा अब कस्तो समझदारीले आइतबारदेखि महाधिवेशन चल्ला । 
 
अर्कातर्फ दुई विद्यार्थी नेताहरु विधिसम्मत महाधिवेशनको माग गर्दै एक हप्तादेखि आमरण अनसनमा छन् । गणेश सापकोटा र रत्नहरि ढुङगेल विधिवत महाधिवेशनको माग राख्दै पार्टी कार्यालय सानेपामा जीवनमरणको दोसाँधमा रहेका छन् । उनीहरुप्रति पार्टी नेतृत्व तहले चासो दिनै सकेको छैन । 
 
शुक्रबार बिहानै आन्दोलनरत टोलीको नेतृत्वकर्ता कुन्दन काफ्लेले निकै निराश एवं गम्भीर मुद्रामा भने ‘मसंग बोल्ने कुनै शब्दै छैनन् । के हुन्छ भन्ने नै थाहा छैन । हाम्रा साथीहरुलाई मरे मर्छन् भन्न थाले । हामी पूर्णरुपमा बाइपास भयौं ।’
 
त्यसो त बिहीबारमात्र पाटी सभापति शेरबहादुर देउवालाई भेटेपछि हौसिएका नेता काफ्लेसंगैका अन्य नेविसंघ नेताहरु एक दिन नबित्दै सेलाएजस्ता देखिएका हुन् । 
 
किनकि पार्टीले बनाएको समितिका पदाधिकारीले त्यो देउवाले दिएको निर्देशन पालना गर्ने देखिएन । या देउवाले उनीहरुको मन राखिदिनका लागिमात्र चिल्ला कुरा गरेका थिए ।  
 
लामो समय महाधिवेशन नहुँदा नेविसंघको युवा शक्ति एउटै स्थानमा थुप्रेर बसेको छ । जति जिल्ला र स्थानमा अधिवेशन भएको छैन त्यहाँ पनि थुप्रै शक्ति संचित भएर बसेको छ । 
 
नयाँ विधानअनुसार १२ औं महाधिवेशनदेखि ३२ वर्ष उमेरकालेमात्र नेविसंघमा रहन पाउने छन् । त्यसको मतलव हाल २८ वर्षदेखिमाथिका जति पनि नेविसंघका नेताहरु छन् तिनीहरुको यो अन्तिम अवसर हो । 
 
अहिले नभए कहिल्यै भइँदैन भन्ने पनि छ । तर त्यसलाई समाधान गर्नुको सट्टा हचुवा तालमै महाधिवेशन गर्न खोज्नु काँग्रेसको मुख्र्याइँ देखिएको छ । 
 
नेविसंघ नेपाली काँग्रेस बन्ने जग हो । यो जग कमजोर भयो भने काँग्रेस पनि कमजोर हुन्छ । विद्यालयस्तरदेखि प्रजातन्त्रका बारेमा हक अधिकारका बारेमा र सामाजिक कार्यका बारेमा सिकाउने काम नेविसंघले गर्छ । 
 
पार्टीले एकता गर्न सिकाउँछ । सामुहिक कार्य गर्न सिकाउँछ । तर जुन गतिले भृकुटीमण्डपको सजावट भइरहेको छ यसले एकता सिकाउँदैन । वैचारिक द्धन्द्ध सिकाउँछ । फुटको राजनीति सिकाउँछ । 
 
तसर्थ नेपाली राजनीतिमा ‘लगनपछिको पोते’ खुवै चर्चित छ । यदि यही श्रृंखलालाई नेविसंघको महाधिवेशनमा पनि लागु गर्ने हो भने कुनै दिन नेविसंघ भन्ने नै रहने छैन अनि नेविसंघ नभए काँग्रेसको अस्तित्व पनि मेटिदै जानेछ । 
किनकि जब जग नै बलियो छैन भने घर कहाँबाट बलियो हुन सक्ला । 
 
अहिले नेपाली काँग्रेसका सभापति नेविसंघका पहिलो अध्यक्ष हुन् । उनलाई राम्रैसंग ज्ञात छ नेविसंघको शक्तिको । दुई पटक प्रधानमन्त्रीसमेत भइसकेका छन् । उनले भन्दा बढी नेविसंघका बारेमा बुझ्ने अरु कोही जिवित छ जस्तो लाग्दैन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ