एजेन्सी। रियो ओलम्पिक २०१६ खेलकुदको औपचारिक उद्घाटन शनिबार बिहान हुँदैछ। तर केहि खेलहरू भने सुरू भइसकेका छन्। रियो ओलम्पिकमा २०५ मुलुकबाट १० हजारभन्दा बढी एथलेटिसहरू सहभागी हुँदैछन्।
माइकल फ्लेप्स, यो नाम हामी धेरैले सुन्दै आएको हो। फ्लेप्स अमेरिकन पौडिबाज हुन्। विश्वप्रख्यात पौडीबाज माइकल फ्लेप्स ओलम्पिकमा सर्बाधिक पदक जित्ने खेलाडी हुन्। सन् २००० को ओलम्पिकबाट आफुलाई डेब्यू गराएका फ्लेप्सले हालसम्म ओल्पिकमा १८ स्वर्णसहित २२ पदक जितेका छन्।
सन् २००८ को बेजिङ ओलम्पिक माइकल फ्लेप्का लागि बढी स्मरणीय हुन पुग्यो। फ्लेप्सले २००८ को बेजिङ ओलम्पिकमा स्वीमिङतर्फको खेलहरूमा किर्तिमानी ८ स्वर्ण हात पारेका थिए।
रियो ओलम्पिक २०१६ को उद्घाटन समारोहमा माइकल फ्लेप्सले अमेरिकन झण्डा बोक्नेछन्। फ्लेप्स रियो ओलम्पिकको स्वीमिङतर्फको तिन इभेन्टमा सहभागी हुँदैछन्। फ्लेप्स पाँचौं पटक ओलम्पिकमा सहभागी हुने पहिलो अमेरिकन पौडीबाज पनि हुन्।
सिएनएनसँग कुरा गर्दे फ्लेप्सले मुलुकको झण्डा बाकेर राष्ट्रलाई रियो ओलम्पिकमा प्रतिनिधित्व गर्न पाउँदा गर्व महसुस भएको कुरा व्याक्त गरेका छन्।