arrow

तलव वृद्धिको माग राख्दै जलविधुत परियोजनाका कर्मचारीहरु आन्दोलित

logo
प्रकाशित २०७३ साउन २१ शुक्रबार
Panchthar-hamrakura.jpg.jpeg
पाँचथर। तलव वृद्धिको माग राख्दै पाँचथरको  फिदिम नगरपालिका र नाँगिनको सीमाना फेमेखोलामा रहेको खोरंगा हाइड्रोपावरका कर्मचराीहरु आन्दोलित भएका छन्।
 
गत असार १७ गते र साउन ६ गते भएको सम्झौता अनुरुप तलव वृद्धि गर्ने कम्पनी र कर्मचारी वीच सम्झौता भएपनि अहिलेसम्म कार्यान्वयन नभएको भन्दै उनीहरुले अहिले काममा गएका छैनन्। सम्झौता भएको तलव यथाशक्य दिलाइदिन माग राख्दै उनीहरुले जिल्ला प्रशासन र प्रहरी कार्यालयमा ज्ञापनपत्र वुझाएका छन्।
 
कम्पनीले साउन २० गतेसम्ममा सहमति अनुरुपको तलव वृद्धि गर्ने भनिएपनि अहिले सम्म नगरेकोले काममा नगएको कर्मचारी भविन्द्र नेम्बाङले जानकारी दिए। उनले भने,“ यसअघि पनि हामीले विभिन्न माग राख्दा तलव वढाईदिने माग राखेको तर अहिले सम्म पनि ती माग पूरा नगरेकोले अव हामी हाम्रो माग पूरा नहुन्जेल काममा फर्कदैनौ।
 
कर्मचारीलाई तवल पनि अत्यन्तै न्यूनमात्रै दिएकाले अहिलेको महँगीमा वाँच्नै गाह्रो परेको उनले बताए। वि.स. २०६४ साल श्रावण १ देखि परियोजना संचालन भई अहिले ९ सय ९५ किलोवाट विधुत उत्पादन हुँदै आइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ