हावाहुरीले टेन्ट र मञ्च भत्कायो, मधेस प्रदेशको वार्षिकोत्सव कार्यक्रम रोकियो
निरञ्जनकुमार साह,
प्रकाशित २०७८ माघ २१ शुक्रबार
481
Shares
जनकपुरधाम । हावाहुरीले टेन्ट र मञ्च भत्काउँदा मधेस प्रदेशको प्रदेशसभामा शुक्रवार आयोजित वार्षिकोत्सव कार्यक्रम स्थगित भएको छ ।
चार वर्ष पूरा गरेको अवसरमा प्रदेशसभा सचिवालयले शुक्रवार दिउँसो १ बजेका लागि वार्षिकोत्सव आयोजना गर्ने कार्यक्रम थियो। तर, हावाहुरीले मञ्च र पण्डालमा क्षति पुर्याउँदा कार्यक्रम स्थगित गर्नुपरेको प्रदेशसभाका सभामुख सरोज कुमार यादवले जानकारी दिए।
कार्यक्रम स्थगित गरेको जानकारी सांसदको मोबाइलमा एसएमएस पठाएर गरिएको छ । हावाहुरीका कारण सांसदको सहभागिता कम हुने भएकाले कार्यक्रम स्थगित गर्नुपरेको हो
कार्यक्रम बारेमा अर्को सूचना प्रकाशन गरेर जानकारी दिइनेछ । मधेस प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रको प्रमुख आतिथ्यमा कार्यक्रम गर्ने तय भएको थियो । चौथो वार्षिकोत्सवको भव्य कार्यक्रम आयोजना गर्ने तय भए पनि अन्तिम क्षणमा आएर स्थगित हुन पुगेको छ ।