arrow

पन्ध्र करोडको भारतीय गुट्खा भित्रियो

logo
प्रकाशित २०७३ साउन २१ शुक्रबार
kutkaindia.jpg.jpeg
पर्सा । वीरगन्ज नाकाबाट बर्सेनि रु १५ करोडभन्दा बढीको भारतीय गुट्खा अवैध रुपमा भित्रिने गरेको छ । 
 
खुल्ला सिमानाका कारण भरियामार्फत सो गुट्खा भित्रिने गरेको छ । बिहार सरकारले राज्यमा गत अप्रिल महिनादेखि गुट्खाको उत्पादन, बिक्री वितरण र सेवनमा प्रतिबन्ध लगाएपछि तस्करले उत्तर प्रदेशको लखनउ र गोरखपुरबाट गुट्खा र पान मसाला आयात गर्दै आएका छन् । 
 
वीरगन्जमा दैनिक रजनीगन्धा, राजनीवास, तुलसी र अन्य ब्राण्डका गुट्खा आयात हुने गरेको नेपाल राष्ट्रिय पान व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष लालबहादुर वरै बताए । वीरगन्जमा दैनिक रजनीगन्ध तुल्सी ५० किलो, राजनिवास एकसय किलो र अन्य गुट्खा करिब ५० किलोको परिमाणमा खपत हुने गरेको पाइएको छ । 
 
वीरगन्जमा गत आवमा राजस्व तिरेर रु ४३ हजार ४९ मूल्यको २० किलो भारतीय गुट्खा आयातकर्ताले भ्यिाएको भन्सार कार्यालय प्रमुख सेवन्तक पोखरेलले बताए । अघिल्लो आवमा भारतीय गुट्खाबाट रु २८ हजार राजस्व सङ्कलन भएको थियो । भारतबाट एक किलो गुट्खा आयात गर्दा रु ३७५ अन्तःशुल्क, ३० प्रतिशत भन्सार महसुुल र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) गरी कुल रु एक हजार ४३३ राजस्व बुझाउनुपर्ने भन्सार कार्यालयले जनाएको छ । 
 
गत आवमा वीरगन्जबाट प्रहरीले रु एक करोड ७५ लाख मूल्यको अवैध भारतीय गुट्खा बरामद गरेको थियो । गत आवमा पानमण्डीबाट रु ७० लाख, रजतययन्ती र कुम्हाल टोलबाट रु ५५ लाख र आदर्शनगरबाट रु ५० लाख बराबरको भारतीय गुट्खा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ