arrow

रोनाल्डो फ्लप, म्यानयु बाहिरियो एफए कपबाट

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २२ शनिबार
ronaldo-man-utd-2022.jpg

काठमाडौं । पोर्चुगिच फुटबल कप्तान क्रिष्टियानो रोनाल्डो सम्मिलित इङ्गलिश प्रिमियर क्लब म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको चौथो चरणबाटै बाहिरिएको छ ।

शुक्रबार राति भएको खेलमा म्यानयु च्याम्पियनशिप क्लब मिड्ल्सब्रोसँग पराजित भएको हो । म्यानयु पेनाल्टी सुटआउटमा ८–७ ले पराजित भएको हो । खेलको निर्धारित र अतिरिक्त समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

पेनाल्टीमा म्यानयुका एन्थोनी इलंगा गोल गर्न चुकेसँगै टिम रोकिएको हो । रोनाल्डोले भने गोल गरेका थिए । त्यस्तै ब्रुनो फर्नान्डेज, ह्यारी मग्वाएर, डिएगो डालोट, स्कट म्याकटोमीने, फ्रेड र हुवाँ माटाले गोल गरे।

मिड्ल्सब्रोका मार्टिन पाएरो, प्याडी म्याकनेयर, ली पेल्टाएर, डेल फ्राई, डुनकान वाट्मोर, सोल बाम्बा, मार्कुस र जोनी ह्वाउसनले गोल गरे ।

यसअघिको नियमित समयको २५ औं मिनेटमा जाडोन सान्चोले गोल गर्दै म्यानयुलाई अग्रता दिलाएका थिए । तर त्यसअघि २० औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्न सकेनन् । उनले बाहिर प्रहार गरे ।

६४ औं मिनेटमा म्याट क्रोक्सले गोल गर्दै मिड्ल्सब्रोलाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

शनिबारका खेल
शनिबार विभिन्न १२ खेल हुँदैछन् । साँझ ६ः१५ बजे चेल्सीले प्लाइमाउथ आर्गाइलसँग खेल्नेछ । राति ८ः४५ बजे म्यानचेस्टर सिटीले फुल्हमसँग खेल्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ