arrow

लम्पार्डलाई लक लाग्यो, एभर्टनसहित को को पुगे एफए कपको पाँचौं चरणमा ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २३ आइतबार
frank-lampard-2022.jpg

काठमाडौं । इङ्गलिश प्रिमियर लिग क्लब एभर्टनको प्रशिक्षक सम्हाल्न पुगेको पहिलो खेलमै फ्रयाङ्क लम्पार्डले टिमलाई जिताएका छन् । महत्वपूर्ण खेलमा उनले एभर्टनलाई एफए कप फुटबलको पाँचौं चरणमा पुर्याउन सफल भएका हुन् । 

शनिबार राति भएको खेलमा ब्रेन्टफोर्डलाई ४–१ गोल अन्तरले हराउँदै एभर्टन पाँचौं चरणमा पुगेको हो । एभर्टनको जितमा एरी मिना, रिचार्लिसन, मासन होल्गेट र एन्ड्रोस टाउनसेन्डले एक एक गोल गरे । ब्रेन्टफोर्डका इभान टोनीले एक गोल फर्काए ।

लम्पार्ड यसअघि प्रिमियर लिग क्लब चेल्सीबाट हटाइएका थिए । उनी चेल्सीकै खेलाडी थिए । तर यसपालिको इनिङ्स भने राम्रो हुने लक्षण ल्याएका छन् । 

अन्य खेलको नतिजा 

चेल्सी र म्यानचेस्टर सिटी पनि पाँचौं चरणमा पुगेका छन् । चेल्सीले प्लाइमाउथलाई २–१ ले तथा म्यानचेस्टर सिटीले फुल्हमलाई ४–१ ले पराजित गर्दै पाँचौं चरणमा स्थान बनाएको हो ।

क्रिस्टल प्यालेस, वेष्ट ह्याम युनाइटेड, हडर्सफिल्ड टभाउन, पिटरब्रो युनाइटेड, साउथह्याम्पटन, स्टोक सिटी, नर्विच सिटी र लुटन टाउन पनि विजयी हुँदै पाँचौं चरणमा पुगेका छन् । 

त्यस्तै ब्राइटन एण्ड हभ आल्बियनलाई ३–१ ले हराउँदै टोटनह्याम हट्सपर पनि एफए कपको पाँचौं चरणमा पुगेको छ । टोटनह्यामलाई जिताउन ह्यारी क्यानले २ गोल गरे । एक गोल आत्मघातीका रुपमा सोली मार्चले गरेका थिए ।  

यसअघि म्यानचेस्टर युनाइटेडलाई पेनाल्टी सुटआउटमा हराउँदै मिडिल्सब्रो पाँचौं चरणमा पुगेको थियो । 

आजका खेल
चौथो चरणका बाँकी दुई खेलमा आज साँझ ५ः४५ बजे लिभरपुलले कार्डिफ सिटीसँग तथा राति ९ः४५ बजे नटिङ्घम फरेस्टले लेस्टर सिटीसँग खेल्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ